कालिकोट जिल्ला तिलागुफा नगरपालिका – १० रानावाडामा आज बिहान वम विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
स्थानियका अनुसार गाई चराउन गएका बालबालिकाहरुले घर नजिकैको गोरेटोबाटोमा भेटाएको बम खेलाउदा विष्फोट भएको थियो । बम के हो भन्ने कुरा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
विष्फोट मा घाइतेहरु लाई केही बेर अघि हेलिकप्टर मार्फत उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल कालागाउ लगीएको छ ।घाईतेहुनेमा सोही वडाका वर्ष ५ का मुस्का थापा वर्ष ७ का कमल थापा वर्ष ४ का दर्शना राना वर्ष४ का सरस्वती राना घाइते भएका छन त्यसै गरि वर्ष ४ का झरना रानाको मृत्यु भएको छ ।