जिल्लाकै सर्वाधिक ठूलो तथा ब्यवस्थित पुजि रहेको हिमचुली कृषि सहकारीको १४ बार्षीक साधारणसभा सदरमुकाम मान्ममा सुरू भएको छ । हिमचुली कृषि सहकारीको मुख्य कार्यालय रहेको सदरमुकाम मान्ममा सहकारीको साधारणसभा सुरू भएको हो । जिल्लाका नौ वटै स्थानियतहमा सेवाकार्यालय बिस्तार गरी सेवा दिईरहेको सहकारीको जिल्लाभर सेवाकार्यालयका बार्षिक साधारणसभा सम्पन्न गरे पछी प्रधान कार्यालयको बार्षीक साधारणसभा सम्पन्न गरेको हो । हिमचुलि सहकारी संस्थाको बिकास र सम्बृद्विका लागी छलफल गर्न सदरमुकामको मुख्य कार्यालयको बार्षिक साधारणसभा सुरू गरिएको हो । मान्म सेवा कार्यालयका जमुना आचार्य र मुख्य ब्यवस्थापक जगेन्द्र आचार्यले बार्षीक प्रतिबेदन सार्वजनिक गर्नु भएको छ । सहकारीले सुफत मुल्यपसल , बचत तथा रिण , कृषि उत्पादन , दूग्द पदार्थको संकलन , आइएमए सन्चालन लगाएतका सेवा प्रवाह गरिरहेको छ । झण्डै ३६ करोड कारोवार रहेकोमा १३ करोड बाहिय रिण लगानि गरिरहेको सहकारीले पेस गरेको प्रतिबेदनमा उल्लेख छ ।
हिमचुली कृषि सहकारी संस्थाका अध्यक्ष काली ब महाताराको प्रमुख अथित्थामा र जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख अजय बमको प्रमुख अथित्यथामा सम्पन्न साधारणासभामा विभिन्न क्षेत्रका सहभागी सरोकारावालाले हिमचुलिको बिगत र बर्तमानको स्मरण गर्दै शुभकामना मन्तब्य दिएका छन ।