रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पेस नेपाल द्वाेरा रास्काेट नगरपालिका मा राहत बितरण

कालिकाेट ~ रास्काेट नगरपालिका काे वडा नम्बर ३ मा
प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाकाे साझेदारीमा संचालित बाढि पहिराे तथा प्रतिकार्य परियाेजना कार्यक्रम अन्तगत नगरपालिका बाढी तथा पहिराे बाट बिस्थापित रास्काेट नगरपालिका वडा नम्बर ३ साँकाटिया बस्ति लाई का बाढि पिडित २५ घरधुरीलाई एक जना बराबर १४५००काे खाध्य सामाग्री भाैचरका माध्यम बाट रास्काेट नगरपालिका नगर उप प्रमुख मनिराज बराल वडा नम्बर ३ का वडा अध्यक्ष राजेन्द्र नाथ याेगि पेस नेपाल जुम्ला र शाखा कार्यालय कालिकाेटका शाखा अधिकृत शंकर प्रसाद उपाध्याय लगायत का जनप्रतिनिधि काे सहभागिता मा राहत बितरण गरियकाे छ।

उक्त राहत बितरण कार्यक्रम आफ्नाे सुझाव राख्दै उप प्रमुख बराल रास्काेटकाे बिपदमा धेरै संघसंस्थाले सहयाेग गरेकाे र पेस नेपाल जुम्ला र प्लान इन्टरनेशनल नेपालले ठुलाे प्याकेज राहत प्रदान गरेकाले पिडितलाई सहयाेग पुगेकाे बताउनु भयाे । पेस नेपाल जुम्लालाई धन्यवाद दिदै बरालले भन्नुभयाे रास्काेटका धेरै बस्तीहरु पहिराेकाे जाेखिममा छन यी बस्ति स्थानान्तरण गर्नुपर्ने छ ,याे काम नगरपालिकाले मात्रै सक्दैन यसकालागी सहयाेगी संस्थाहरुलाई गहयाेग माग गर्दछु।
राहत बितरण कार्यमा सहभागी पेस नेपाल जुम्ला शाखा कार्यालय कालीकाेटका परियाेजना अधिकृत शंकरप्रसाद उपाध्याले भन्नुभयाे रास्काेट नगर पालिकामा बाढी पहिराे बाट बिस्थापित हरुलाई खाध्य सामाग्री भाैचारका माध्याम बाट बितरण गरेका छाै याे सामाग्रिले पिडितलाई केही राहत हुनेछ र प्राप्त गर्ने लाभग्राहीले संस्थाबाट पायकाे समानकाे सदुपयोग गर्नुहुनेछ भन्ने बिस्वास लिएको छु । उहाँले केही जानकारी गराउदै थप्नुभयाे रास्काेट नगरपालिकामा पेस नेपालले प्लान इन्टरनेशनल नेपाल संग साझेदारीमा ३ पटक राहत बितरण गरेकाे छ यश अघि ३५ परिवार ले पहिराेबाट बिस्थापितलाइ खाध्य सामाग्री भाैचार राहत र ५५ जनालाई स्वाच्छता र डिगनिट कीट बितरण गरेकाे र याे राहतले पिडितलाइ पूरा नभयकाेले अन्य सहयागी निकायले थप गर्न आवश्यक रहेकाे बताउनु भयाे ।
राहत सामाग्री बुझ्दै लाभग्राही मिट्ठु दर्जीले भन्नुभयो मेराे घर पुरै भत्केर घरमा भएकाे अन्नपात पुरियाे ,मलाइ बस्न त छिमेकीको मा गयँ खाने कुरा केही पनि थएन आज सम्मत मैले मागि खायँ कति दिन त मैले खाेलामा मेरा बाल बच्चा बाेकेरै गिटि कुटेरकाे ज्याला बाट खानाकाे ब्यवस्था गरे मलाई संस्थाले दिएकाे याे राहतले ठुलाे सहयाेग भयाे अब म 3/4 महिना याे खाना पुर्‍याउनेछु

सहयाेगी संस्था पेस नेपाल जुम्लाले बिगत १ बर्षदेखि कालिकाेट जिल्लामा प्लान इन्टरनेशनल नेपाल संग साझेदारी गरि कार्यक्रम गरिरहेकाेछ । कालिकोट काे नरहरिनाथ गाउँपालिकामा शाखा कार्यालय स्थापना गरि शिक्षा ,बिपद,जलवायु अनुकुलन का क्षेत्रमा काम गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !