रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्कोटका जनप्रतिनिधि र जिल्ला स्थीतसुरक्षा निकायका प्रमुख बिच समन्वयात्मक बैठक सम्पन्न

रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाहि (पाेषण )ले नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्न निर्देशन दिनु भयो । उहाँले जनप्रतिनिधिले निति नियम बनाउने र त्यसको कार्यान्वयन गर्ने निकाय कर्मचारी भएको हुँदा कर्मचारीले आफ्नो भुमिकामा रहेर काम गर्नु पर्ने बताउनु भयो । रास्काेट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी विच समन्वयात्मक बैठक कार्यक्रममा यस्तो बताउनु भएको हो ।
नगर प्रमुख शाहीले , कर्मचारी र जनप्रतिनिधि विच एकता हुन आवश्यक छ । संघर्ष नगरी सफल्ता प्राप्त गर्न सकिदैन । कर्मचारीले आपसमा गुट उपगुट गर्नु हुदैन । कुनै पनि काममा राजनितिक राजनितिक पुर्वाग्राही नराखी समान तरिकाले नियम कानुन सम्मत नागरिकहरुलाई सेवा दिनु पर्ने बताउनु भयो ।
उहाँले नगरपालिकाको विकास र समृद्धि भौतिक योजनाले मात्र नहुने बताउदै पालिकाले प्रदान गर्ने सेवामा समेत जोडिएको बताउनु भयो । उहाँले जनप्रतिनिधि र कर्मचारी विच नङ र मासु को सम्वन्ध बनाई रास्काेट नगरपालिकालाई समृद्ध नगर बनाउनु पर्ने बताउनु भयो ।
कर्मचारी र जनप्रतिनिधिको तालमेल मिल्न नसकेमा समग्र यहाँका नागरिकहरुलाई असर पर्ने बताउदै आपसमा समन्वय, सहकार्य र निर्देशनको पालना गरि अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले उपभोक्ता समिति वनाउँदा सर्वसहमतिमा बनाउनु पर्ने बताउदै कसैको डर धम्कीमा नपरी पुर्वाग्रह नराखी गठन गर्न समेत निर्देशन दिनु भयो । कर्मचारीहरुले अनुशासन, समय, पोषाकको विषेश ख्याल राख्न समेत आग्रह गर्नुभयो ।
रास्काेट नगरपालिकाको विकास र समृद्धिका लागि जनप्रतिनिधिको मात्र नभएर कर्मचारीको ठूलो भुमिका रहेको उप प्रमुख मनिराज बराल ले बताउनु भयो । हामी जनप्रतिनिधि पाँच वर्षका लागि हौँ तपाईहरु भनेको लामो समय सम्मका लागि रहने भएको हुँदा जनप्रतिनिधिले गरेका निर्णयलाई कार्यान्वयन गरि सर्व सुलभ र छिटो छरीतो रुपमा सेवा प्रदान गर्नु पर्ने बताउनु भयो ।
उहाँले आर्थिक रुपमा कोही कसैले पनि लोभ नदेखाउन आग्रह गर्दैै सहि तरिकाले काम गर्न समेत आग्रह गर्नुभयो । पालिकामा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्ने बताउदै कार्यालयमा नआई तलब भत्ता मा कर्मचारीको विषयमा समेत पालिकाले कार्वाही गर्ने बराल ले बताउनु भयो ।
उहाँले खरिद आदेसको प्रक्रिया, राजश्व संकलन, वजेट निर्माण तथा अर्च शिर्षक, लगायतका विषयमा समेत जानकारी गराउनु भएको थियो । उहाँले कुनै पनि योजना तथा कार्यक्रमको कानुन र प्रक्रीयाअनुसारको कागजाग नहुँदा सम्म भुक्तानि नदिने बताउदै कामलाई प्रक्रिया र प्रभावकारीतामा ध्यान दिन आग्रह गर्नुभयो ।
उक्त कार्यक्रम मा बाेल्दै कालिकाेट जिल्ला प्रमूख जिल्ला अधिकारी जोरासिंह माझी D.S.P, जयश्वर रिमालले बाेल्दै समुदाय मा अहिले मउलाउदै गयकाे घरेलु मदिर बाल बिवाह चाेरि जस्ता कार्यकाे बेथिति काे राेक्न हाम्रा जनप्रतिनि र सराेकारवाला लाई आग्रह समेत गर्नु भएकाे छ। यस्तै प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझीले हामी कर्मचारि र जनप्रतिनिधि काे सहकार्यमा मात्र जन्तालाई सेवा छिटाे र छरिताे दिन लाेक प्रिय काम गर्न सकिने बताउनु भयो । कालिकाेट का नै वटै पालिका मध्य नगर प्रहरी ऐन बनाई कार्यान्वयनमा ल्यायकाे मा धन्यवाद दिनु भएकाे छ। अब जति सके चाडाे जिल्ला काे ख प्रदेश का पांच वटा पालिका लाई सहज सेवा प्रवाह गर्न प्रशासन ईलाका स्थापना गर्न पहल गर्ने समेत बताउनु भएकाे छ।
यस्तै वैठकमा वडा सचिव विषयगत शाखाका प्रमुखहरुले समस्या उपलब्धी र जिज्ञासाहरु समेत राख्नु भएको थियो । नगरपालिका प्रमुख धर्मराज शाहि (पाेषण)को अध्यक्षतामा संचालन भएको बैठकमा नगरपालिका उप प्रमुख मनिराज बराल सम्पुर्ण वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत जवान सिह बम , लेखापाल ,वडा सचिव, विषयगत शाखाका प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !