रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेट नगरपालिकामा रहेका मेलमिलापकर्ताहरुका लागि क्षमता अभिबृद्वि तालिम शुरु

रास्काेट~ नगरपालिकामा रहेका मेलमिलापकर्ताहरुका लागि क्षमता अभिबृद्वि तालिम शुरु भएको छ । रास्काेट नगरपालिकामा रहेका ९वटै वडाका २७ जनालाई क्षमता अभिवृद्धि गर्न तालिम दिन लागिएको प्रशासकीय अधिकृत जवान सिह बमले बताए । उनले भने, ‘रास्काेट नगरपालिकामा हुने ठुला तथा साना झै–झगडा लगाएतका मुद्दा समुदाय स्तरमा मेलमिलाप गर्न यो तालिमले सहयोग पुग्नेछ ।’

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख धर्मराज शाहिले समुदाय स्तरमा हुने सानातिना घटनाहरु, झै–झगडाहरु न्यायिक समितिले मिलापत्र गरे जिल्ला सम्म पुग्नु पर्ने बाध्यता हट्ने बताए । समुदाय स्तरमा रहेका न्यायिक समितिले गाउँस्तरका नागरिकहरुलाई न्याय दिने गरेको बताउदै शाहिले आगामी दिनमा न्यायिक समितिलाई सक्रिय भएर लाग्न अनुरोध गरेका छन् ।

रास्काेट नगरपालिका न्यायिक समितिको आयोजनामा संचालन भएको कार्यक्रममा नगर उपप्रमुख मनिराज बराल , काे अध्यक्षता र नगर प्रमुख धर्मराज शाहि काे प्रमुख आथितेता मा र सुरक्षाकर्मि, पत्रकार, नागरिक समाज र न्यायिक समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

क्षमता अभिवृद्वि तालिम फागुन ९ देखि ११ गते सम्म सञ्चालन हुनेछ कार्यक्रमको प्रशिक्षण अधिबक्ता उमाकान्त न्याैपाने र जिल्ला बार यशाेसियसन का अध्यक्ष अधिबक्ता अम्मलराज शाहीले गर्ने भएका छन । न्यायिक समितिका ३ जना र प्रत्यक वडा का मेलमिलाप कर्ताहरू २७ जना र ९वटै वडा का वडा अध्यक्ष रास्काेट नगरपालिका बिषयगत शाखा प्रमुख गरि जम्मा ४५ जना तालिममा सहभागी छन् भने तालिमकाे प्रशिक्षण २ जनाले गर्नेछन् भने कार्यक्रमको संचलन प्रशासकीय अधिकृत जवान सिह बमले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !