रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

प्रचण्ड बिरूद्व सर्बोच्चमा मुद्वा दर्ता भए संगै वाइसिएल नेपालद्वारा देशभर प्रदर्शन , प्रजिअ मार्फत ज्ञापन पत्र पेस , देशलाई द्वन्दमा धकेल्ने षड्यन्त्र भएको माओवादी नेताहरूको भनाइ

कालिकोट सदरमुकाममा माओवादी निकट युवाहरू वाइसिएलका कार्यकर्ताले टाउकोमा रातो कफन बाधेर प्रदर्शन गरेका छन । दिउँसो द्वन्दकालिन मुद्वा खारेजीको माग गर्दै युवा विद्यार्थी र वाइसिएलले प्रदशन गरेका हुन । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल बिरूद्व सर्बोच्चमा मुद्वा दाहेर गरेकै दिन माओवादी सम्बद्व युवाहरूले सदरमुकाममा प्रदशन गरेका हुन । टाउकोमा रातो कफन बाधेका युवाहरू जिल्ला प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिलाई ज्ञापन पत्र बुझाए पछि प्रतिमाचोकमा कोणसभाआयोजना गरेका थिए ।कोणसभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिष्णु बिक , जिल्ला पार्टी अध्यक्ष लक्ष्मी चौलागाइ शैलेन्द्र , केन्द्रीय लेखा आयोगका सदस्य खाडाचक्र नगरका उप प्रमुख गणेश शाही आकास अनेरास्वबियु क्रान्तिकारीका केन्द्रीय सदस्य मनसिंह शाही ,भिम प्रसाद आचार्य र पुर्व विद्यार्थी नेता खाडाचक्र नगरको वडा नं ४ का अध्यक्ष प्रभानन्द आचार्यले सम्बोधन गर्दै जनयुद्व र सान्ति प्रक्रियाका कामहरू टुंग्याउनुको सट्टा द्वन्द्वकालिन घटनाका मुद्वा बिउताएर प्रतिगामी कदम चालेको भन्दै त्यस्ता षड्यन्त्रको प्रतिबाद गर्ने बताएका छन । जनयुद्वको जगमा स्थापित अधिकार र मुल्यमान्यतालाई उपयोग गरेर कुर्चि र राज्यको ओहदामा बसेकाहरूबाट राज्यलाई यसरी द्वन्द्वमा धकेल्ने प्रयास गर्नु गलत भएको बताउनु भयो ।
माओवादी नेता बिष्णु बिकले देशमा दलितको अधिकार ,महिलाको अधिकार सुनिश्चित भएको संघिय शासन ब्यवस्ता प्रचण्डको नेतृत्वको जनयुद्वको उपलब्धि भन्दै प्रतिगमन तिर लिने विभिन्न हतकण्डा असफल भए पछि यो प्रपंन्च गरिएको बताउनु भयो । यसबाट डराउने भन्दा माओवादीहरू प्रतिवाद गर्ने तिर जाने बताउनु भयो । माओवादी केन्द्रका जिल्ला अध्यक्ष लक्ष्मी चौलागाइले जनयुद्व तत्कालिन राज्य ब्यवस्थाले गरेको दमन र धरपकटको कारण भएको भन्दै अहिले संसदिय ब्यवस्थाको आवरणमा हुन खोजेको प्रतिगामी कदमले माओवादीलाई एक पटक झस्काएको र पुन बाध्यात्मक स्थितिमा ६० सालतर्फ फर्किने अवस्था आउने र त्यहाँ पुग्नु आफ्नो बाध्यता हुने बताउनु भयो । अर्का नेता माओवादी केन्द्रका केन्द्रिय लेखा आयोगका सदस्य खाडाचक्र नगरका उप प्रमुख गणेश शाहीले जनयुद्व रहर नभै यस्तै बाध्यताले भएकोले बाध्य पारिए पुन देश मुडभेटतर्फ जाने बताउनुभयो । वाइसिएलका केन्द्रीय सदस्य हस्त ब शाहीले प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिलाई ज्ञापनपत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !