रास्काेट कालिकोट ~ राष्ट्रिय वाणिज्य वैंक शाखा कार्यालय रास्काेट विस्तार काे आैपचारिक रुपमा संचालक समिति द्वारा निर्णय गरियकाे छ ।
राष्ट्रिय वाणिज्य वैंक शाखा कार्यालय रास्काेटमा बिस्तार गर्नका लागि सहयाेग गर्नु हुने माननीय महेन्द्र बहादुर शाही,तत्कालीन उर्जा मन्त्री जनार्दन शर्मा,वाणिाज्य वैंकमा कार्यरत कवि वराल, चन्द्र वराल,जयप्रकाश वराल लगायत उपस्थितमा निर्णय गरिएकाे हाे ।
साथै अब केही दिनमै कामकाज सुरु गर्ने र टिम परिचालित हुने प्रदेश प्रमुख सिवप्रसाद चालिसेकाे भनाई रहेकाे छ । सहयोग गर्नुहुने सम्पूर्णलाई नगरप्रमुख धर्मराज शाहि पाेषणले धन्यवाद समेत दिनुभएकाे छ ।