नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ कालिकोटले स्थापना दिवसको अवसरमा प्रभातफेरी गरेको छ। प्रतिमाचोकवाट सुरु भएको र्याली जिरोपैन्टहुदै हिमचुली कृषि सहकारीको सहभाहलमा पुगेर समारोहमा परिणत भएर समापन गरिएको थियो।
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको स्थापनाको ६८ बर्ष पुगेको अवसरमा कालिकोट साखाले दिवस मनाउदै आएको छ । दिवसका अवसरमा विभिन्न निकायले शुभकामना दिएका छन्। अवसरमा महासंघ कालिकोटले आयोजना गरेको कार्यक्रममा पत्रकार तथा प्रेस चौतारीका कर्णालि प्रदेश महासचिव प्रेमराज सिम्खाडा, मिडिया उद्वमी तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रत्न कार्की नागरीक समाजका दमनराज बम , जिल्ला वारका अध्यक्ष अमलराज शाही , सान्नित्रिबेणी वडा नं ३ का अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता रंगलाल देबकोटा राप्रपाका अध्यक्ष धन ब बटाला , माओवादी केन्द्रका कर्णालि प्रदेश कमिटी सदस्य सद्दन बोगटी ( बिपिन) एमाले कर्णाली प्रदेश कमिटी सदस्य खडानन्द चौलागाइ , कांग्रेस जिल्ला कमिटी सदस्य सबिन बिष्ट प्रमुख जिल्ला अधिकारी जोरासिह माझी पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देबिराम देबकोटा लगाएतले शुभकामना दिएका छन ।
कार्यक्रममा शुभकामना दिदै पत्रकार महासंघ प्रदेश अध्यक्ष देबिराम देबकोटाले मर्यादित पत्रकारिता भए श्रमअधिकारका लागि लड्ने संस्था भएको बताउनु भयो ।
शुभकामना दिदै प्रमुख जिल्ला अधिकारी जोरासिह माझिले पत्रकारहरूको पेसागत शुरक्षामा गम्भिर हुने भन्दै मर्यादीत पत्रकारिता र गलत प्रबिर्ति बिरूद्व शसक्त प्रतिपक्षि हुन आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै प्रजिअ माझिले सञ्चार जगतले कालिकोटको बिकासको साजेदार बनेको बताउनु भयो ।
२०१२ साल चैत १६ गते तत्कालिन कांग्रेस नेता कृष्णप्रसाद भट्टराईसहितका अग्रजहरुले स्थापना गरेको संगठनले विभिन्न उतारचढाव पार गरेर ६७ वर्ष पूरा गरेको छ।
कार्यक्रममा शुभकामना दिने पत्रकार प्रेमराज सिम्खाडाले पत्रकारीताको भावना र मर्म अहिले पनि पूरा हुन नसकेको बताउनु भयो ।
कार्यक्रममा कान्तिपुर कर्मी पत्रकार महासंघ कालिकोटका सल्हाकार तुलाराम पाण्डेले पत्रकार हकहित र पेसागत सुरक्षाका लागि महासंघ बनेको र त्यसमा निरन्तर लाग्नु पत्रकारको भुमिका रहेको बताउनु भयो ।
कार्यक्रममा शुभकामना दिदै रेडियो प्रदेशका अध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रीय सदस्य रत्न कार्कीले आज पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना भईरहेको र पत्रकारको भौतिक र पेशागत सुरक्षाको चुनौती रहेको र त्यसले नागरीकको अभिब्यक्ति स्वतन्त्रता कुन्ठीत बनेको भन्दै जनआन्दोलनमा सातदल एकातर्फ एक मिडियाको बराबर भुमिकाबाट परिवर्तन आएको भन्दै त्यही आन्दोलनबाट जन्मेको शासन ब्यवस्थामा पुन पनि अभिब्यक्ति स्वतन्त्राको लडाइ लड्नु परेको भन्दै दुख ब्यक्त गर्नु भयो । उहाले पन्चायत जस्तो निरङकुस्तावाट होस या राणाशाषन बिरूद्व लडेर अभिब्यक्ती स्वतन्त्रता प्राप्त गरेको स्मरण गर्दै कार्कीले अहिलेपनि पुर्ण प्रेस स्वतन्त्रा र अभिब्यक्ति स्वतन्त्रता कुन्ठित पार्ने काममा राज्यको उच्च ओदाहामा बसेकाहरूबाटै भएको भन्दै यसका बिरूद्वमा सबै पेसा ब्यवसायी पत्रकारहरू एक ठाउमा उभिएर शसक्त प्रतिकार गर्ने बताउनु भयो ।
कार्यक्रममा विभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारकर्मी र विभिन्न संगठनमा आवद्ध पत्रकार , राजनितिकदल , कार्यालय प्रमुखको सहभागिता रहेको थियो । कार्यक्रमका अध्यक्ष तथा नपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट ले समापनका क्रममा बोल्दै एकआपसमा मैत्रीपूर्ण सम्बन्ध सुधार गर्ने कार्यक्रम सहयोगी हुने विश्वास महासंघको रहेको बताउनुभयो । साथै, यसले पत्रकारमात्र नभई नागरीक अधिकारका रूपमा स्थापित हुने बताउनु भयो ।
पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले सन्चालन गरेको कार्यक्रममा पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष राधिका बरालले स्वागत मन्तब्य दिनु भएको छ ।
कार्यक्रम जिल्ला समन्वयसमितिका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यथामामा कार्यक्रम सम्पन्न भएको हो ।