रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कृर्षि प्राबिधिक भन्छन । राज्य सन्चालनमा राजनितीज्ञाको लापरबाही

कालिकाेट जिल्ला तिलागुफा घर भई स्याउ सुपर जोन जुम्लामा कृर्षि प्राबिधिक मा कार्यरथ निराजन पाण्डे भन्छन । राजनैतिक दल लाई प्रजातान्त्र को बाहाकको रुपमा लिइन्छ ।तर उनिहरु माथी आम जनताको बुझाइ सत्ताको भोका भर्स्ट बिश्वास गर्न नसकिने हुन भनी आक्षेप लगाइन्छ । उनिहरुले सार्बजनिक सेवा प्रबाह गर्न नसक्दा पुरै प्रजातान्त्रिक राजनैतिक र राज्य सन्चालनमा अबरोध आयको छ । त्यसैले राज्री सन्चालन्मा राजनैतिक दलहरूले नराम्रो छबिदेखाय पछि दल प्रती जनताको धारणा कहिले पनि परिबर्तन हुन सकेन ।दलका नेताको सोछ जनताको जिबनस्थर माथी उकास्न भन्दा पनि पाटिको टिकट कसरी आफ्नो पोल्टामा पार्ने भन्ने कुरामा सिमित रहयो। राज्य सन्चालन्मा उनीहरुको ध्यान कहिले पनि गयन । जब देश संघीयतामा प्रबेस गर्‍यो त्यसपछि नेपाल मा सघ प्रदेश र स्थानीय तह गरि तीन तहको सरकार बन्यो यसले नेपाललाई यकात्मक बाट संघीय राज्य प्रणालीमा रुपान्तरण गर्यो । यश ब्याब्श्या बाट पनि आम जनताले सोछे जस्तो बिकास हुन सकेन ।चरम लापरबाही र असक्षम जनप्रतिनिधि का कारण राज्यका हरेक निकायहरुले सुशासनको प्रत्याभूती जनता लाई दिन सकेनन ।यश कारण नेपाको अर्थतन्त्र धरासयिमा पुग्न गयो । नेपाल को इतिहासमा महत्त्वपूर्ण परिवर्तन हरु भय तर असल राजनैतिकज्ञा चयन गर्न नसक्दा देश र जनताको भाबी दिशा निर्धारण हुन सकेन ।

तर पनि मेरो देशका राजनैतिकज्ञा हरुको कुरा सुन्दा मलाज ताजुब लागेर आउँछ । राज्य सन्चालनका हिसाब ले शिक्षा स्वास्थ सन्चार यातायात लगायत का क्षेत्रहरुमा धेरै परिवर्तन भयको नेताहरुको भनाइ छ । तर तितो सत्य के हो भने अन्तरास्ट्रिय रुपमा नेपाल उहिले पनि गरिब र पिक्ष्डियको क्षेणिमा थियो अहिले पनि यहि अबस्थामा छ । कति पय देश अल्पबिकसित हैसियत बाट माथी उठेका छन तर तीन दशक पछि पनि मेरो देश नेपाल अल्पबिकसित देशहरुको अध्यक्ष बन्नुपर्ने स्थितिमै गर्व गर्नु पर्ने अबस्थामा छ । यसको मुख्य बाधक राजनीतिज्ञा बन्न पुगेका छन । जसका कारण राज्य सन्चलन्मा अबरोध आयको छ । नेपालका राजनैतिकज्ञा हरुका मौलिक विशेषतहरु छन । अरुको कुरा काट्ने अरु लाई दोश दिने असन्तुष्ट ब्याक्त गर्ने हरेक कुरालाइ नकारात्मक सोच्ने जस्ता गुण नेपाली नेताहरुका पहिचान सङ्ग जोडिएका कुराहरु हुन । दोस जति सत प्रतिसत अरुलाइ दिने र जस सत प्रतिसत आफ्नो भनी दाबी प्रस्तुति गर्ने नेताहरुको कारण राज्य संचालन्मा अप्ठ्यारो पर्न गै आम जनताले शुसासनको प्रत्याभूती पाउन सकेन न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !