२०७४ मा निर्माण कार्यसम्पन्न भएको कालिकोट स्थित एकीकृत भवन बिवादमा परेको छ । तत्तकालिन जिल्लामा आफ्नो भवन नभएका र भाडाको घरमा रहेका कोलेनिका , जिल्ला हुलाक, घरेलु ,प्राबिधिक कार्यालय र निर्वाचन कार्यालय जस्ता कार्यालयको सेवा एकिकृतरूपमा दिने गरि सहरी बिकास तथा भवन डिभिजन कार्यालयले निर्माण गरेको चार तले भवन बाणिज्य बैकको जंगामा परे पछि बिवाद सुरू भएको हो । आवास सहितको एकीकृत भवन जिल्ला हुलाक कार्यालयको जंगामा हुनु पर्नेमा , ४८० बर्गमिटर क्षेत्रफल रहेको बाणिज्य बैकको जगामा भवन निर्माण भएको पाईएको छ । संगै सटिएको बैक र हुलाक कार्यालयको जंगा मध्य जिल्ला हुलाक कार्यालयको जंगामा एउटा भवन निर्माण भयो भने अर्को भवन तत्कालिन नगर बिकास समितिले हस्तान्त्रण गरेको बाणिज्य बैंकको जंगामा निर्माण गरिएको पाईएको छ । बैकको झण्डै ९ मिटर मोहडा जंगा भवनमा परेको छ । रास्ट्रिय बाणिज्य बैकको जंगामा भवन बने पछि बैकले आफ्नो नापिनक्शा भएको जंगा छुटाउन खोजेको छ । नापि प्राबिधिकहरूको स्थलगत नापनक्शा पछि बैकको जंगा मासिएको भन्दै राबा बैक कालिकोट साखाका प्रबन्धक गोरख ब शाहीले प्रमुख जिल्ला अधिकारी जोरासिह माझीलाई जानकारी गर्नु भएको छ ।