रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

६ हजार महिला तथा सिमान्तकृत समुदायलाइ न्यायको पहुचमा पुर्याइने

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र महिला शसक्तिकरण मञ्च नेपाल दैलेखको साझेदारीमा सञ्चालित महिला तथा सिमान्तकृत समुहको न्यायमा पहुच अभिबृद्वी परियोजनाले कालिकोटका सरोकारवालासंग अन्तरक्रिया गरेको छ । कालिकोट जिल्लामा न्यायीकनिरूपणका क्षेत्रमा सरोकारवालाको भुमिकाका बिषयमा अन्तरक्रिया आयोजना गरेको हो ।न्याययीक समितिले प्रदान गर्ने कानुनि सहायता बिषयक अन्तक्रिया कार्यक्रम खाडाचक्र नगरमा सम्पन्न भएको हो ।२०६० सालमा गाबिस महिला सन्जालको रूपमा स्थापना भएको संस्था २०५६ सालमा निरन्तर महिला अधिकारका सवालमा काम गर्दै आए पछि २०६० सालमा जिल्लामा महिला सन्जालका रूपमा जिल्ला प्रशासन कार्यालय दैलेखमा स्थापना भएको संस्थाले बताएको छ ।
सामाजिक परिचालन गरि महिला तथा सिमान्तकृत समुदायको शसक्तिकरण गर्ने र महिला तथा पछाडी परेका बर्गको अर्थपुर्ण सहभागिताका माध्यमबाट महिला तथा सिमान्कृत बर्ग क्षेत्र र समुदायको शबलिकरण गर्ने उधेश्य रहेको छ ।
कालिकोटको खाडाचक्र , दैलेख आठबिस नौमुले गाउपालिका मा कार्यक्रम सन्चालनमा रहेको छ । पाठेघर खस्ने सवाल
महिला जनजाती दलित तथा पछाडी पारिएकाबर्गको न्याय सेवामा पहुच बृद्वि गर्ने परियोजनाले लक्ष्य लिएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय , मुख्यमन्त्रि तथा मन्त्रि स्थानिय सरकार वडा अध्यक्षसंगको समन्वयमा काम गर्ने छ ।
कालिकोटको खाडाचक्रका ६ हजार समुदाय शसक्तिकरण गर्ने परियोजनाको लक्ष्य छ ।समुदायमा कानुनि सचेतना सिबिर सन्चालन ,वडा स्तरमा कानुन ब्यवसायीले परामर्ष दिने जस्ता गतिबिधि गरिने छन । मोवाइन सिबिर महिला दलित पछाडी परेकालाइ उजुरी दिने प्रक्रिया सिकाउने , उजुरी दिन सहयोग गर्ने , मिडिया परिचालनको माध्यमवाट शसक्तिकरण गर्ने परियोजनाको लक्ष्य छ ।
अधिबक्ता अमलराज शाहिले सरोकारवाला बिच सहजिकरण गर्दै पालिकाका न्यायिक समितिको ससक्तिकरण हुनु पर्ने बताउनु भयो ।
खाडाचक्र नगरका वडा नं ४ का अध्यक्ष प्रभानन्द आचार्य
निमित्त न्याधिबक्ता सिताराम रावत , डिएस्पी जयश्वर रिमाल , खाडाचक्र नगरका पुर्व उपमेयर बिजया बिष्टले न्याय निरूपणमा जनताको बिस्वास जित्न नसकेको बताउनु भयो ।
महिला शसक्तिकरण मन्च नेपालका अध्यक्ष सुनिता चन्दको अध्यक्षयतामा र नगर प्रमुख कमल ब शाही उप प्रमुख गणेश ब शाही प्रमुख जिल्ला अधिकारी जोरासिह माझी , डिएस्पी जयश्वर रिमाल लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !