रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पलाता गाउपालिकाको केन्द्र रानिबिसौना हुने

पटक पटक यस अघि पनि बिवाद र छिनाझप्टीमा परेको पलाता गाउपालिकाको प्रशासनिक केन्द्र अन्तत वडा नं २ साबिक धौलागोहको रानी बिसौनामा हुने भएको छ । पलाता सरकारको स्थायी गाउँ पालिका सेन्टर पलाता २ को रानिबिसौनामा पलाता गाउपालिकाका निमित्त प्रमुख प्रशाससकिय अधिकृत कर्मसिह बम ,पलाता २ का वडा अध्यक्ष भिम प्रसाद न्यौपाने शिक्षा शाखा प्रमुख कल ब,भण्डारी ,प्राविधिक शाखा प्रमुख पदम ब, शाही लगायत जन प्रतिनिधि र स्थानियको उपस्थितिमा एक कार्यक्रम का बिच गा,पा, सेन्टरको शिलान्यास गरिएको हो । यश अघि अघिल्लो सरकारले दुर्सीमा प्रशासनिककेन्द्र राख्ने गरि केही जंग्गा लिएको थियो । केन्द्र दुर्सीमा राख्ने गरेर बहुमतले निर्णय गरेको यश पहिलेको सरकारले छनोट गरेको प्रशासनिक केन्द्र भौगोलिक कठिनाइ भन्दै रानिबिसौनामा स्थानियको थप जग्गा लिएर तत्काल अस्थाइ टहर निर्माण गरेर भए पनि सेवा सोही ठाउबाट दिने तयारी गाउपालिकाले गरेको छ । हाल सम्म सेवा साबिकको इलाका रहेको थिर्पुबाटै सन्चालनमा रहेको छ । पहिलो कार्यकालमा जिल्लाभर पालिका प्रशासनिक केन्द्र बिवाद झेलेका स्थानियतहहरूमा धेरैले सहमतिजुटाउदै भौतिकसंरचना निर्माणमा लागीसकेका छन । पभालझरना ,रास्कोट नगरपालिका र सान्नित्रिबेणी र नरहरिनाथ गाउपालिका र शुभकालिका गाउपालिकामायस अघिकै सरकारले प्रशासनिक केन्द्रको टुंगो लगाइसकेका छन । तिलागुफाको बिवाद अदालतमै पुगेको थियो ।हाल पनि बिवाद सुल्जाउन सकेको छैन। प्रशासनिक केन्द्रमा भवन सहित आबश्यक भौतिक पुर्वाधार नहुदा करोडौ रकम स्थानियतहले भाडा तिरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !