तिलागुफा नगरपालिका १० रुडुमा बालबालिकामा अज्ञात रोग फैलिएको छ । रोगले कक्षा ६ मा अध्यायनरत कर्मा थापाको मृत्यु भएको छ । त्यहाँको बिद्यालयमा अध्यायनरत ५१ जना बिद्याथी बिरामी परका छन् । वडा नं १० मा रहेको महादेव माध्यामिक बिद्यालयमा एक हप्ता अघि देखि फैलिएको आज्ञात रोगका कारण बिद्यार्थी विरामी पर्ने थालेको बिद्यालयले जनाएको छ ।
तिलागुफा नगरपालिका स्वास्थ्यसाखाको जानकारी प्राप्त भएलगतै आजै जिल्ला दुर्त प्रतिकार्य टोली ( DRRT ) को बैठक बसेको छ । बैठकले जिल्ला अस्पतालका डाक्टर रामानन्द चौधरी ,डाक्टर डण्ड प्रसाद नेपाल , हेल्थ असिस्टेन मनोज पुन मगर ,ल्याव असिस्टेन लाल ब महत र कास ललित नेपालीको टोलि आबश्यक ओैषधी सहित प्रभाबित छेत्रतर्फ प्रस्थान गरेको छ ।
इसिडीका १३ जना र कक्षा ५ का १६ जना बिद्यार्थीको अनुहार सुनिएपछि अबिभावकले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार गराईरहेको शिक्षक धर्मनन्द्र कोइरालाले बताउनु भयो । कक्षा ३ का १८ जना बिद्यार्थीले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका छन् । बिद्यार्थीलाई ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने समस्या रहेको खबर स्थानिय स्वास्थ्य संस्थाको जानकारी आएको जिल्ला अस्पतालका सुचना अधिकारी जनस्वास्थ्य अधिकृत कटक ब महतले बताउनु भयो । बिद्यालयमा बिद्यार्थी बिरामी परेको सूचना प्राप्त भएकाले आजै स्वास्थकर्मीको टोली प्रभावित क्षेत्र तर्फ जाने तयारी गरिरहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डाक्टर संकेत बिश्वकर्माले बताउनु भयो । उहाका अनुसार तिलागुफा नगरपालिकााको जानकारी प्राप्त भए पछि जिल्ला दुर्त प्रतिकार्य टोलि ( DRRT )को बैठक बसेर डाक्टर रामानन्द चौधरीको नेतृत्वमा आजै आबश्यक ओैषधी सहित प्रभाबित क्षेत्रमा खटाईएको सुचना अधिकारी कटक महतले बताउनु भयो । रोगको पहिचाहनबारे भने चिकित्सकिय टोलिले चेकजाच गरेर नमुना परिक्षण पछि मात्र भन्नसकिने महतले रेडियो प्रदेश आवाजलाइ बताउनु भयो ।