नेकपा (माओवादी केन्द्र)का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले गृह जिल्ला कालिकोट पुगेर दुइवटा पालिकाको प्रशासकीय भवनको उद्घघाटन गरेका छन ।उनले आफू मुख्यमन्त्रि हुदा शिलान्यास गरेका गरेका दुई पालिकाका दुई भवन उद्घघाटन गरेका छन । शाहीले संघियता पछी भएको विकास निर्माण संघीयताको उपहार भएको बताएका छन् ।
गृह जिल्ला कालिकोटको पचालझरना गाउँपालिका र रास्कोट नगरपालिकाको प्रशासनिक भवनको उद्घघाटन गर्दै नेता शाहीले संघियताले र समानुपातिक समाबेसिताले समानुपातिक बिकास भए पछी माओवादी लोकप्रियताबाट हत्चालिएकाहरूको छटपटाहाट सुरू भएको बताउनु भयो ।
‘कालिकोटका जनताको आवश्यकता पुरा गर्न जहिले जनताको सेवक भएर काम गर्जे‘ बताएका नेता शाहीले हिजो प्रदेश सरकारको मुख्यमन्त्री हुदा गरिएका विकास निर्माणका कार्यक्रमले कालिकोटको विकासमा धेरै परिवर्तन ल्याएको स्मरण गर्दै । अब संघियताले देसले मुहार फेर्ने बताए ।
पचालझरना गाउँपालिका र रास्कोट नगरपालिकाले भवन उद्घघाटन गर्दै बिकेन्द्रीकृत रुपमा हिजोका दिनमा दिने सेवाले जनतामा केहि सास्ती भएको बताउनु भयो । होला भन्दै नेता शाहीले अब आउने दिनमा आफ्नै प्रशासनिक नयाँ भवनबाट जनतालाई दिने सेवाले हिजोका दिनहरु भन्दा शुसानयुक्त बातावारणबाट जनतालाई मुस्कान सहितको सेवा दिनु पर्ने उल्लेख गर्नु्नु भयो
भवन उद्घाटनमा पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही र रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले जिल्लाको विकासको लागि प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीको ठुलो योगदान रहेको बताउनु भयो । कर्णाली प्रदेशको मुख्यमन्त्री हुदा होस् वा संघीय सरकारको उर्जामन्त्री हुदा होस् कालिकोटको विकासको निम्ति गरेको पहल निकै अतुलनिय रहेको बताए ।
नेकपा (माओवादी केन्द्र)का नेता खडकराज सेजुवालले पूर्वाग्रही सोच राखेर राजनिति गर्नेहरुले कालिकोटमा महेन्द्रबहादुर शाहीले विकास नगरेको हल्ला चलाउने गरेको बताए । महेन्द्र बहादुर शाहीको पालामा जति भौतिक पूर्वाधार क्षेत्रमा विकास भएका छन् ती विकासले कालिकोटको मुहार फेरेको उल्लेख गर्नु भयो ।