युरोपियन युनियको सहयोगमा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीसंग नेपालमा महिला, बालवालिका र सिमान्तकृत ,तथा पछाडी पारिएका समुदायमा लगानिका क्षेत्रमा काम गरिरहेको दलित महिलासंघ नेपालको आयोजनामा तीन देशका मानवअधिकार क्रियाशिल पत्रकार तथा सामाजिक अभियान्ताहरूको काठमाण्डौमा सम्मेलन सुरू भएको छ । तीन देशका मानव अधिकार कर्मीहरूको काठमाण्डौमा सुरू भएको भेलाले ती देशका मानवअधिकार , पछाडी पारीएका जाति जनजाति र महिला बालवालिकाको अधिकारका सवालमा मुद्वाहरूको बिषयमा छलफल गर्ने छ । दलित महिलासंघ फेडो नेपालले काठमाण्काडौमा बंगलादेश ,थाइल्याण्ड र नेपालका मानवअधिकारका क्षेत्रमा कृयाशिल पत्रकार तथा नागरिकसमाजका अगुवाहरूको भेला आयोजना गरेको हो । तीन दिन सम्म काठमाण्डौ स्थित ललितपुरको होटेल स्क्वाएरमा भेला आयोजना गरीए हो ।
फेडो नेपालका केन्द्रीय अध्यक्ष कला स्वर्णकारको अध्यक्षतामा र संघिय संसद उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यथामा, सम्पन्न सम्मेलनमा नेपालका लागि विभिन्न अन्तराष्ट्रिय संघसंस्थाका प्रतिनिधि सहभागी रहेका छन ।
प्लान इन्टरनेशनलका गतिबिधिबारे पलान नेपालका उज्जला श्रेष्ठले सेफगार्डिङ पोलेसीका बारेमा जानकारी दिनु भयो । परियोजनाले बालबालिका,दलित महिला र युवामा केन्द्रित गरेको बताउनु भयो ।
सम्मेलनमा कालिकोटवाट फेडोकालिकोट अध्यक्ष हजा सुनार , रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्की , पत्रकार तथा मानवअधिकार कार्यसमुहका सदस्य डिल्लि चौलागाइ मानवअधिकार कार्यसमुहका प्रतिनिधिहरू पखराज टमट्टा , फेडो नेपाल कालिकोटका फिल्ड सुपरभाइजर नन्दरा सुनार ,सुरशानाथ पुरी , मनपुरा बिक , मनिसा कुमारी सहकारी सहभागीरहेका छन ।
हाम्रो आवाज हाम्रो रोजाइ नारा दिएको फेडो नेपालले प्लान इन्टरनेशनलको सहयोगमा संघियता पछी प्राप्त अधिकारहरूको स्थानियतहमा कार्यन्वयनको अबवस्थाका बारेमा वकालत गरिरहेको छ ।