सुर्खेत / कर्णाली प्रदेश राजधानि सुर्खेतको वीरेन्द्रनगर बजार दिनभर तनावग्रस्थअबस्थामा रहेको छ । उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा बालक मृत भेटिएको घटनाले घण्टाघर क्षेत्र तनावग्रस्त छ भने मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु पछी कालगाउ मुलपानि क्षेत्र तनावग्रस्त छ । वीरेन्द्रनगर स्थित यरिचोक–मुलपानी खण्डको गौतम चौक नजिकै मोटरसाइकलले ठक्कर दिदा दैलेख आठविस नगरपालिकाको वडा नं. ६ खिड्कीज्यूला स्थायी घर भएका ६ वर्षीय टेकदर्शन पुरी रहेको प्रहरीले जनाएको छ ।
उनी हाल वीरेन्द्रनगर–३ भैरवस्थानमा मामाको घरमा बसेर एलकेजीमा पढ्दै आएका थिए । दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको लागि कर्णाली कियर अस्पतालमा लिदा डाक्टरहरुले मृत्यु भईसकेको बताएको मृतकका मामा जीवन गिरीले बताए । दुर्घटना लगत्तै मोटरसाईकल चालक फरार भएका छन् । मोटरसाइकल नम्बर नखुलेको तर हुलिया देखिएकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको बताइएको छ । आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै कर्णाली केयर अस्पताल अगाडी र गोकुल कटेज नजिकैको फोरलेन सडक अवरुद्ध गरेका छन् । मृतकका मामा गिरीले भने, हाम्रो बच्चा मारेर फरार भएको मोटरसाईकल चालक पत्ता नलागेसम्म जुम्ला रोड बन्द हुन्छ ।
सडकमा मृतकका आफन्तहरु जम्मा भएर प्रदर्शनका साथै टायर बालि रहेका छन । ।
उता बिरेन्द्र नगर पालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटीका विद्यालयमा अध्ययनरत ८ वर्षीय बालक मृत भेटिए पछी उक्त क्षेत्र शुक्रबार बेलुका देखि तनावग्रस्त छ । स्कुलमा मृत भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर रहेका छन ।
उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । उनी शुक्रबार दिउँस होस्टेलकाे खाटमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै विद्यालय र होस्टेल तोडफोड र आगजनि गरेका छन् । कक्षा कोठा र होस्टेलमा रहेका सामानहरु बाहिर ल्याएर आफन्तले जलाइदिएका छन् । घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ । घटनामा प्रहरीले ७ राउन्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ ।