कालिकोट प्रधानमन्त्री रोजगार कार्यक्रम तथा रास्कोट नगरपालिकाको साझेदारीमा वडा नं.१ को सुन्दर आधारभुत विद्यालय रामपुर बिद्यालयमा फिल्ड को नगर उप प्रमुख मनिराज बराल ले सिलान्यास गर्नु भएको छ । समवार एक कार्यक्रम विच नव निमित फिल्ड पुजा आजा सहित सिल्यान्यास गरिएको हो ।उक्र कार्यक्रममा वडा न . १का वडा अध्यक्ष उदयराम आचार्यको अध्यक्षता, नगर उप प्रमुख मनिराज बरालको प्रमुख आतिथ्यतमाा, नेकपा एमाले कालिकाेट जिल्ला उपाअध्यक्ष दयाराम सिम्खाडा काे विशेष अर्थिति र अर्थिति हरुमा वडा नं २का अध्यक्ष धुर्ब सिम्खाडा , वडा न. ४ का वडा अध्यक्ष दिनेश संज्याल , वडा न. ३ वडा अध्यक्ष राजेन्द नाथ याेगि , कृषि शाखा प्रमुख धिरेन्दराज न्याैपाने , पशु शाखा ना . प्र स. कुलराज न्याैपाने लगाएत काे उपस्थितमा उक्त फिल्डको शिलान्यास गरिएको हो ।
सोही कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि वबरालले स्थानीय सरकारले शिक्षा क्षेत्रमा दिएको प्राथामिकता वमोजिम फिल्ड निर्माणको काम तथा खेलमैदान निर्माण, भए सगै विद्यालयमा शिक्षकहरुले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिनुपर्नेमा पनी जोड दिनुभयो छ ।
सिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री रोजगार कार्यक्रम रास्कोट शाखा प्रमुख प्रशान्त शाहीले ‘विद्यार्थीलाई सिकाइसँग र अभिभावकलाई विद्यालयसँग जोड्ने यो कार्यक्रम महत्वपूर्ण रहेको छ यसले जीवनोपयोगी शिक्षा आजको आवश्यकता रहेकाले विद्यालयमा सिकाइने व्यावहारिक शिक्षाले हरेक घरपरिवार खुसी र सुखी हुने शाहीले बताउनु भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम काे १६लाख २८ हजार तथा रास्कोट नगरपालिकाको समन्वयमा निर्माणाधिन उक्त फिल्ड असार भित्र सम्पन्न गर्ने सम्झौता गरिएको पत्रकार टिकाराज उपाध्यायले बताउनु भयो ।