रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

एउटा मुलुकमा एक कम्युनिष्ट पार्टी हुनु पर्छ : देबप्रसाद गुरूङ महासचिव नेकपा माओवादी केन्द्र

माओवादी केन्द्रका महासचिव देब प्रसाद गुरूङले साम्राज्यवाद बिरूद्व लड्न तेस्रो बिस्वका मुलुकहरूमा एउटा मात्र कम्युनिष्ट पार्टी हुनु पर्ने बताउनु भयो । समाजवादी क्रान्तिलाइ अगाडी बढाउने शिलशिलामा साम्राज्यवादको नयाँ रणनितिसंग फेस गर्ने कार्यदिशा तय नभएको भन्दै नेता गुरूङले बिस्वमा कम्युनिष्ट बिचार फैलिदै गए पनि यसको संरक्षणका लागी कम्युनिष्ट नया बिचार र प्रस्थानबिन्दु तयार हुन नसकेको बताउनु भयो । समाजवादी मोर्चा त्यस कारण गठन गर्नु परेको भन्दै जनयुद्व पछि बिगठित माओवादी र अन्य कम्युनिष्ट घटक बिचको एकता प्रक्रिया सुरू भएको खुलासा गर्नु भयो । नेता गुरूङले निकट भबिश्यमा बिप्लव नेतृत्वको नेकपा र बाबुराम भट्टराइ नेतृत्वको पार्टी बिच एकताका लागी आन्तरिक तयारी भैरहेको बताउनु भयो ।
बिस्वमा कम्युनिष्ट बिग्रहले साम्राज्यवादी धुर्ब खराव मोडमा पुगेकाले यसको एकिकरण जरूरत भएको बताउनु भयो । नेपालमा पनि कम्युनिष्ट धुब्रिकरणको पहल गर्नु पर्ने भन्दै नेकपा माओवादीले कम्युनिष्ट धुर्बीकरणका लागी पहल थालेको र समाजवादी मोर्चा बनाउन थालेको बताउनु भयो । साम्राज्यवादसंग लड्ने रास्ट्रिय ओैधोगीक पुजि निर्माण गर्न दलालपुजिपति एकाधिकारको अन्त्यका लागी आन्दोलनको स्वरूप फेरीएको बताउनु भयो ।बर्गसंघर्ष मैदानमा मात्र नभएर सत्ताबाट पनि हुने बताउदै गुरूङले फेरीएक परिस्थितिमा फेरीएको पार्टी निर्माणमा लाग्नु पर्ने बताउनु भयो। अहिलेको बर्गसंघर्ष दोस्रो बिस्वयुद्व पछि अन्तरसंघर्ष छिरेको साम्राज्यवादलाइ जित्न कठिन भएको बताउनु भयो । बिस्वका तेस्रो मुलुकमा निति निर्माण देखि साम्राज्यवादले खेलिरहेको भन्दै पद पैसा र सुबिधा बितरण गर्न थालेको भन्दै गुरूङले त्यसै कारण सोभियतसंघ बिगठन भएको बताउनु भयो । अहिले नेपाललाइ साम्राज्यवादी सैनिक नेटवर्कवाट अलग राखेर असंलग्न रास्ट्रको निति अनुरूप पञ्चशिलको शिद्वान्तमा अडिग रहेको बताउनु भयो । इज्रायल र पेलेस्टाइनि युद्वमा फसेको अमेरीका अहिले १ चिन नितिमा हस्ताक्षर गरेेर चिनलाइ फसाउन खोजेको बताउनु भयो । बिहिवार देखि सुर्खेत बिरेन्द्र नगरमा आयोजित नेकपा माओवादी केन्द्रको प्रदेश कमिटि बैठकलाइ सम्बोधन गर्दै पार्टी महासचिव गुरूङले माओवादी शक्ति सिध्याउन देशि बिदेशी शक्ति लागेको भन्दै त्यसको भण्डाफोर गर्दै अगाडी बढ्न आग्रह गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !