माओवादी केन्द्र निकट बिद्यार्थिहरूको संगठन अखिल क्रान्तिकारीको १४ ओै कालिकोट जिल्ला सम्मेलनको तयारी पुरा भएको अखिल क्रान्तिकारी कालिकोट भेला आयोजक समितिका संयोजक खगेन्द्र मल्लले बताउनु भयो । उहाका अनुसार माओवादी केन्द्रले सुरू गरेको शसस्त्र जनयुद्वको अन्तिम युद्व भएको कालिकोटको पिलिमा उद्घघाटन हुन लागेको सम्मेलनको तयारी पुरन भएको हो । सरकारले कालिकोटको पिलिलाइ युद्व पर्टकिय क्षेत्र घोषणा गरिसकेको छ । पिलिमा उद्वघाटन हुन लागेको अखिलको जिल्ला सम्मेलनका लागी अतिथिहरू र सहभागि बिद्यार्थिहरू पिलि पुगिसकेको बताईएको छ । अखिल क्रान्तिकारी कालिकोटको सम्मेलन उद्घघाटनका लागी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्णालि प्रदेशका प्रथम मुख्यमन्त्रि महेन्द्र ब शाही , पार्टी केन्द्रिय सदस्य जिवन बुढा कर्णालि प्रदेश संसद दुर्ग ब रावत र पार्टी केन्द्रिय सदस्य लक्ष्मि चौलागाइ र गंगा खड्का लगाएतको टोलि पिलि पुगिसकेको जनाईएको छ ।