-
बुधबार राति बाइक दुर्घटनामा परी कालिकोट सान्नीत्रिबेणी गाउपालिका वडा नं ८ का २७ बर्षिया खेमराज बुढाको घटनास्थलमै मृत्यु भएको छ । रास्कोटबाट मामा नाता पर्ने बाजुरा जगनाथ गाउपालिका वडा नं ४ बस्ने खडक ब भण्डारीलाइ लिप्ट दिन गएका बाइक चालक बुढाको बाइक दुर्टनामा मृत्यु भएको हो । हिल्सा खुलालु कर्णालि करिडोर अन्तरगत बाजुरा जगनाथ वडा नं ५ भुकाखोला नजिक दुर्घटना हुदा बुढाको मृत्यु भएको हो । बुधबार राति ९ बजेतिर दुर्घटनामा परेको भए पनि अपठेरो भिरबाट १ किलोमिटर तल खोजमा खसेका कारण उद्वारमा ढिलाइ भएको छ । घटनामा उद्वारका लागी रास्कोटबाट नगर प्रहरी र बाजुरा कोल्टीबाट प्रहरी घटनास्थल पुगेको छ । बाइकमा सवार जडिबुटी ब्यवसायी भण्डारी र बाइक भने सडक छेउमै खसेको बताईएको छ । पछाडी बसेका बाजुरा जगनाथ गापा वडा नं ४ नाराकोटका ३७ बर्षका खडक भण्डारी भने सामान्य घाइते छन । उनलाइ स्थानिय मेडिकलमा उपचार भइरहेको खबर छ । भण्डारी र कर्णालि प्रदेश ०२००१ प ४१ नं को बाइक सडक छउमै रहेको घटना स्थलमा रहेको रास्कोट प्रहरी स्रोतको भनाइ छ । उद्वार पछि उनको सब पोष्टमाटमका लागी लगिने प्रहरी स्रोतको भनाइ छ ।