टिकाराज उपाध्याय
कालिकोट रास्काेट नगरपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वंम सेविकाहरुलाई एच. पि. भि. खोप सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न।
१हजार ७२जना किशोरीलाई एच. पि. भि. खोप लगाईने भएको छ । रास्काेट नगरपालिकामा पहिलो चरण अन्तर्गत यहि माघ २२ र २३ गते सम्म एच. पि. भि. खोप दिईने स्वास्थ्य शाखा संयोजक जनकराज न्याैपानेले जानकारी दिनुभयो । एच. पि. भि. खोप अभियान २०८१ स्थानिय तह खोप समन्वय समिति र संचार क्षेत्रमा एक दिने अभिमुखीकरण कार्यक्रममा पालिकाका ९ वटा खोप केन्द्र मार्फत कक्षा ६ देखि १० सम्म अध्ययनरत १हजार ५२ जना छात्रा र समुदायमा रहेका १० वर्ष देखि १४ वर्ष उमेर समुहका २०जना किशोरी गरि १हजार ७२ जना किशोरीलाई खोप दिईने जानकारी गराउनु भयो ।
पाठेघरको क्यान्सरलाई निर्मुल पार्नका लागि नेपाल सरकारले माघ २२ गते देखि फागुन ६ गते सम्म देशव्यापी रुपमा एच. पि. भि. खोप अभियान संचालन गर्र्दै छ । यसै अन्तर्गत रास्काेट नगरपालिकामा पनि माघ २२ र २३ गते सम्म खोप संचालन गरिने र खोप अभियानलाई सफल पार्नका लागि स्वास्थ्य स्वयं सेबिका लाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । रास्काेट नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनकराज न्याैपानेकाे अध्यक्षतामा संचालन भएको कार्यक्रमममा नगरपालिका नगर प्रमुख धर्मराज शाही (पाेषण)काे प्रमुख आथिथ्यतामा , उप प्रमुख मनिराज बराल , काे विशेष आथिथ्यतामा, महिला स्वयंसेबिका हरुको उपस्थिती रहेको थियो । कार्यक्रममा वोल्दै नगरपालिका नगर प्रमुख शाहिले खोप अभियानलाई सफल पार्नका लागि सबैले प्रचार प्रसारमा ध्यान दिनु पर्ने बताउनु भयो ।
उहाँले प्रतेक किशोरी र अभिभावकहरुलाई खोप सम्वन्धि स्कुल , वा गाउँ टाेलमा नै स्वास्थ्यकर्मी लाई खटाई जानकारी गराइ खोप लगाउन अभिप्रेरीत गराउने बतनउनु भयाे ।
नगर उप प्रमुख बरालले यो अभियान सफल पार्नका लागि आफुले सहयोग गर्ने बताउनु भयो । मानिस स्वस्थ भएन भने उसको जिवन नै अपुर्ण हुने भएकाले गाउँपालिकाले अव स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने नगरपालिका उप प्रमुख बरालले बताउनु भयो । नेपालमा क्यान्सर जटिल किसीमको रोग रहेको र यसको निवारणका लागि थालेको यो खोप अभियानलाई सफल पार्नका लागि र लक्षित वर्गलाई खोपको पहुँचमा पुगाउन विद्यालय सँग समन्वय गरेर अगाडि बढ्न बताउनु भयो ।र उक्त खाेप लाई आगामि वर्षवाट नियमित खोपका रुपमा संचालन गरिने सि अ हे व ,धन बहादुर फडेराले बताएका छन।