टिकाराज उपाध्याय
कालिकाेट – रास्काेट “भरोसा होस नगर माथि, गाउँघरमा स्वास्थ्यक्रर्मी साथी” नाराका साथ सञ्चालन भएको ‘मेयर हेल्थ केयर’ कार्यक्रमबाट एक सय ६१ जनाले सेवा लिएका छन् । रास्कोट नगरपालिका वडा नं-८मा सञ्चालन भएको ‘मेयर हेल्थ केयर’ कार्यक्रमबाट एक सय ६१ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।
मेयर हेल्थ केयर सहिद स्मृति आधारभुत स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा एक सय ६१ सेवाग्राहीले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा जनकराज न्याैपानेले जनकारी दिए। “एक सय आठ महिला, ५३ पुरुषले स्वास्थ्य सेवा पाउनुभएको छ”, उनले भने, “त्यसमध्ये २३जनाले भिडियो एक्सरे, ६०जनाले आयुर्वेद सेवा लिनुभएको छ ।
रास्कोट नगरपालिकामा मेयर हेल्थ केयर कार्यक्रमअन्तर्गत हरेक वडामा दुई जना एमबिबीएस डाक्टर ,रिमा राउत र सुमन कुमार कुसवाहा सहितको टोली पुगेर जनताको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्यकर्मी नमराज न्याैपानेले जानकारी दिए।यश कार्यक्रमा रास्काेट वडा नं ८ वडा अधक्ष मनिराज बराल काे अध्यक्षता , नगर प्रमुख धर्मराज शाही (पाेषण)काे प्रमुख आथिथ्यता र उप प्रमुख मनिराज बराल काे विशेष आथिथ्यतामा संचालन गरिएकाे थियाे।
उक्त कार्यक्रममा बाेल्दै नगर प्रमुख धर्मराज शाहीले “नौवटा वडा भएको रास्कोटमा यस्तो शिविर एउटा वडामा वर्षमा चारपटक चल्छ”, उनले भने, “चिकित्सकले ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीलाई केन्द्रमा राखेर सुविधा दिइरहेका छन् ।” स्थानीयको ‘प्रेसर, सुगर’, प्रयोगशाला परीक्षणदेखि गर्भवतीको भिडियो एक्सरेसम्मका सुविधा नगरपालिकाले उपलब्ध गराउने गरेको स्वास्थ्यकर्मी नमराज न्याैपानेले खबर कर्णाली लाई जानकारी दिएका छन।
फाेटाे ग्यालाेलि