रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेटमा १हजार ७२जना किशोरीलाई एच. पि. भि. खोप लगाईने

टिकाराज उपाध्याय
कालिकोट रास्काेट नगरपालिकामा १हजार ७२जना किशोरीलाई एच. पि. भि. खोप लगाईने भएको छ । रास्काेट नगरपालिकामा पहिलो चरण अन्तर्गत यहि माघ २२ र २३ गते सम्म एच. पि. भि. खोप दिईने स्वास्थ्य शाखा संयोजक जनकराज न्याैपानेले जानकारी दिनुभयो । एच. पि. भि. खोप अभियान २०८१ स्थानिय तह खोप समन्वय समिति र संचार क्षेत्रमा एक दिने अभिमुखीकरण कार्यक्रममा पालिकाका ९ वटा खोप केन्द्र मार्फत कक्षा ६ देखि १० सम्म अध्ययनरत १हजार ५२ जना छात्रा र समुदायमा रहेका १० वर्ष देखि १४ वर्ष उमेर समुहका २०जना किशोरी गरि १हजार ७२ जना किशोरीलाई खोप दिईने जानकारी गराउनु भयो ।

 

पाठेघरको क्यान्सरलाई निर्मुल पार्नका लागि नेपाल सरकारले माघ २२ गते देखि फागुन ६ गते सम्म देशव्यापी रुपमा एच. पि. भि. खोप अभियान संचालन गर्र्दै छ । यसै अन्तर्गत रास्काेट नगरपालिकामा पनि माघ २२ र २३ गते सम्म खोप संचालन गरिने र खोप अभियानलाई सफल पार्नका लागि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । नगरपालिका नगर प्रमुख धर्मराज शाही (पाेषण)को अध्यक्षतामा संचालन भएको कार्यक्रमममा नगरपालिका उप प्रमुख मनिराज बराल , वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा वोल्दै नगरपालिका नगर प्रमुख शाहिले खोप अभियानलाई सफल पार्नका लागि सबैले प्रचार प्रसारमा ध्यान दिनु पर्ने बताउनु भयो ।
उहाँले प्रतेक किशोरी र अभिभावकहरुलाई खोप सम्वन्धि स्कुल , वा गाउँ टाेलमा नै स्वास्थ्यकर्मी लाई खटाई जानकारी गराइ खोप लगाउन अभिप्रेरीत गराउने बतनउनु भयाे ।
नगर उप प्रमुख बरालले यो अभियान सफल पार्नका लागि आफुले सहयोग गर्ने बताउनु भयो । मानिस स्वस्थ भएन भने उसको जिवन नै अपुर्ण हुने भएकाले पालिकाले अव स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने नगरपालिका उप प्रमुख बरालले बताउनु भयो । नेपालमा क्यान्सर जटिल किसीमको रोग रहेको र यसको निवारणका लागि थालेको यो खोप अभियानलाई सफल पार्नका लागि र लक्षित वर्गलाई खोपको पहुँचमा पुगाउन विद्यालय सँग समन्वय गरेर अगाडि बढ्न बताउनु भयो ।

नेपालमा क्यान्सर रोग मध्ये पाठेघरको क्यान्सरलाई दोस्रो कारण मानेको छ । दैनि ४ जनाका दरले पाठेघरको क्यान्सरवाट मृत्यू हुने गरेको सरकारी तथ्यांक रहेको रास्काेट नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनकराज न्याैपानेले बताउनु भयो । नेपाल सरकारले २०३० सम्म ९० प्रतिशतलाई एच पि भि खोप दिने लक्ष्य लिएको छ । आगामि वर्षवाट नियमित खोपका रुपमा संचालन गरिने सि अ हे व धन बहादुर फडेराले बताएका छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !