पलाता गाउपालिकाको केन्द्र बिवाद सर्बोच्चमा पुगे पछि कार्यपालिकाको दुइतिहाई सदस्य र कार्यालिकाको दुइतिहाई निर्णय सहित लिएर पलातागाउपलिका अध्यक्ष बिष्णु ब रोकाया संघिय राजधानि काठमाण्डौ पुगेका छन । यस अघि पलाता गाउपालिकाको वडा नं ९ थिर्पुबाट स्थानियका घरहरू घरभाडा लिएर अस्थाईरूपमा सन्चालनमा रहेको गाउपालिकाको केन्द्र पलाता वडा नं २ रानिबिसौना सारे पछि बर्तमान पलाता सरकार बिरूद्व केही असन्तुष्ट पक्षले सर्बोच्चमा मुद्वा दर्ता गरेको थिय । मुद्वाको सुनुवाइ हुने समयमा बहुमत कार्यापालिका सदस्य र ७ वडा अध्यक्षहरू साक्षिका रूपमा सर्बोच्चमा उपस्थिति गराउने गरि अध्यक्ष रोकायाले तयारी गरेका हुन । बार्षीक १२ लाख रूपैया भाडा तिरेर कार्यालय सन्चालन गर्नु परेको थियो रोकाया भन्छन । अहिले १७ कार्यालिका सदस्यहरूमा अध्यक्ष उपाध्यक्ष सहित १५ जना रानि बिसौनाको पक्षमा हुदा हुदै गाउपालिका रानि बिसौना सार्ने बिषय बिवादमा ल्याएको प्रति दुख ब्यक्त गरे आबश्य्य परे सर्बोच्चको ईजालसमै बहुमत कार्यालिका सदस्य उपस्थिति हुने गरि काठमाण्डौ उपस्थिति भएको रेडियो प्रदेश आवाजसंग अध्यक्ष रोकायाले बताए । यस अघि सरकारले सरस्वति माबि थिर्पुुको भवन समेत प्रयोग गरेको थियो । पटक पटक बिद्यालय ब्यवस्थापन समिति र पालिका बिच भवन खालि गर्ने बिषयमा बिवाद हुदै समेत आएको थियो । पालिकामा आफ्नै र बाहिय श्रोत परिचालन गरेर रानि बिसौनामा तिन वटा भवन सन्चालनमा आईसकेको अबस्था छ । त्यहा गाउपालिकाका नाममा १४ रोपनि जंगा समेत गाउपालिकाको नाममा नामसारी भएको अवस्था छ । गाउपालिकाको केन्द्र बहालरहेको सरकारको कार्यपालिका र त्यसको निति कार्यक्रमको कुरा भएकाले अब नपुगेको प्रक्रिया पुर्याउन सकिने तर कसैलेभने जस्तो पुन घरभाडा तिर्ने गरि फर्किन नसकिने बताउनु भयो ।
सर्बोच्चले १३ गतेका लागी दुबै पक्षलाइ अदालतमा छलफलका लागी उपस्थिति हुन र त्यस बेला सम्म जुन अस्वथामा छ सोहि अवस्थामा यथास्थानमा राख्नु भन्ने आदेश भए पछि जन प्रतिनिधि राजधानिमा छन । जसका कारण पालिकाका बिकासका कामहरू प्रभाबित भएका छन ।
स्थानिय राजनितिक दलहरूको भेला समेत गराइ सहमति लिएर राजनितिक सर्वसहमतिका आधारमा रानिबिसौना स्थायीकेन्द्र बनाउने गरि सहमति गरिएको बिषय सर्बोच्चमा पुग्नु दुखत भएको रोकायाले बताए । मुद्वा हाल्ने पक्षसंग छलफल भईरहेकाले सहमतिमा पलाता गाउपालिकाको केन्द्र रानिबिसौनानै हुने रोकायाको दाबी छ ।