टिकाराज उपाध्याय(आफन्त): कालिकाेट
कालिकाेट- प्रादेशिक रणनीतिक रास्काेट अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा टक्क फर्साल नियुक्त भएका छन् । रास्काेट सरकारको फागुन ५ गतेको कार्यपालिका बैठकले फर्साललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियाे यसै क्रममा आज एक कार्यक्रमका बिच प्रादेशिक रणनीतिक रास्काेट अस्पताल अध्यक्ष फर्साल लगाएत सम्पुण सदस्य लाई बधाई कार्यक्रम सम्पन्न। गरिएकाे छ। यश बधाई कार्यक्रम मा रास्काेट नगरपालिका वडा नं १ देखि ९ सम्म का वडा अध्यक्ष, तथा बिभिन्न राजनितिक दलका नेता हरुकाे सहभागिता, सहेकाे थियाे ।
उक्त कार्यक्रममा बाेल्दै अध्यक्ष फर्सालले रास्काेट अस्पताललाई बनाउन हामी सबैले लागेर मात्र सम्भव हुन्छ बताउनु भएकाे छ।
फर्साल यसअघि रास्काेट नगरपालिका वडा नं ६ काे वडा अध्यक्ष तथा रास्काेट नगरपालिका नगर सरकार काे प्रबक्ता समेत भई सकेका छन्।