रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

माओवादी केन्द्रका जिल्ला अध्यक्ष डम्बर शाही भन्छन, कोही पनि माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य नेकपामा प्रवेश गरेको छैन ।

यसै साता कालिकोटको रास्कोटमा जनसभा गरेको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य नेकपामा प्रबेस गरेको भनि गरिएको प्रचारवाजी गलत झुटो र भ्रामक भएको बताएका छन । माओवादी केन्द्रका कालिकोट संयोजक डम्बर बहादुर शाहि डिबिलाइ पार्टी एकता चलिरहेको छ भनिन्छ तर तपाइका नेता नेकपामा प्रबेस गराईदै छनि के हो भनि सोधिएको प्रश्ननमा जवाफ दिदै महासचिव बिप्लव रास्कोट पुग्दा समाजवादी मोर्चाको राजनितिक उधेश्य अनुसार नेकपा भन्दा माओवादी केन्द्र समर्थित जनता र पार्टी नेता कार्यकर्ताको साथ सम्मान र स्वागत पाएका बिप्लवले माओवादी केन्द्रकै कार्यकर्ता र जिल्ला कमिटी सदस्य प्रबेस गरायौ भनी गलत भ्रम छर्नुले पार्टी एकताप्रतिनै सङ्का पैदा गरेको बताए ।                   एकताका नाममा भ्रममा नपरी माओवादी केन्द्रले सुरू गरेको जागरण अभियानमा जुट्न माओवादी केन्द्रका अध्यक्ष शाहीले पार्टीकमिटीलाइ निर्देशन दिएका छन । समाजवादी मोर्चाका संयोजकका हिसावले माओवादी केन्द्रकै नेता कार्यकर्ताको साथ सर्पोटलाइ अन्यथा नलिएको तर पार्टी एकताको हवला दिएर माओवादी केन्द्रका नेता कार्यकर्तालाइ दर्सक बनाई उनकै नेता कार्यकर्ता प्रबेस गरे भन्नुले पार्टी एकतामा आसंङका पैदा भएको अध्यक्ष शाहीको दाबि छ । कालिकोटमा माओवादी केन्द्रका जिल्ला सदस्य सहित विभिन्न पार्टी परित्याग गरी १८ जना नेकपामा प्रवेस गरेको भनि गरिएको गलत प्रचारले नेकपा र माओवादी केन्द्रको पार्टी एकताका लागी बन्दै गएको बातावरणमा धमिलिएको शाहीले बताए । यस प्रकारको गतिबिधिले समाजवादी मोर्चाका संयोजक समेत रहेका नेकपाका महासचिव बिप्लवको राजनितिक अभियानको बिस्वश्नियता माथि प्रश्न उठेको शाहिको दाबि छ ।नेकपाले बुधवार रास्कोटमा आयोजना गरेको जनसभामा माओवादी केन्द्रका जिल्ला सदस्य सहित विभिन्न पार्टी परित्याग गरेर १८ जना नेकपामा प्रवेस गरेको नेकपाले गरेको छ ।रास्कोट नगरपालिका वडा नम्वर ८ बाट माओवादी केन्द्र परित्याग गरेर मन्दीरे लुवार, पंख लुवार, गणेस लुवार, औला टमट्टा,पवन टमट्टा, नमराज टमट्टा, वडा नम्वर ६ बाट महावीरे लुवार उनिहरू कुनै ब्यक्ति माओवादी केन्द्रको जिल्लाकमिटीमा रहेको जानकारी आफुलाइ नभएको माओवादी केन्द्रका रास्कोट सहईन्चार्ज कालि बहादुर महताराले बताए । ति ब्यक्ति जिल्ला कमिटी नभएर उनिहरू नेकपा माओवादी केन्द्रको साधारण सदस्य पनि नरहेको तर माओवादी केन्द्रलाइ मतदाता गरेका समर्थक चाहि हुन सक्ने महताराको भनाइ छ ।
पचालझरना ९ का मनिराम सार्की नामका कोही पनि ब्यक्ति माओवादी केन्द्रको जिल्ला कमिटीमा नरहेको शाहीको दाबि छ । पचालझरनावाट हंस सार्की, पंख सार्की, वीर टमट्टा, पहल दर्जि, हिक्मत दर्जि, जोखे तिरुवा नेकपामा प्रबेस गरेको दावी नेकपाको छ ।सोहि पालिका वडा नम्वर ७ वाट एमालेबाट जस ऐडी, वडा नम्वर २ बाट हिक्मत विक, र उमेश विक नेकपामा प्रवेस गरेको उल्लेख छ । नवप्रवेसिहरुलाई नेकपाका महासचिव विप्लव सी लगायतका केन्द्रीय नेताहरुले फुलमाला र अविर लगाएर स्वागत गर्दै पार्टी प्रवेस गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !