आसन्न चैत ५ गते हुन गैरहेकाे स्वतन्त्र बिद्यार्थी युनियन काे निर्वाचनमा कालिकोटका दुइ वटा त्रिभुवन बिश्वबिद्यालय अन्तरगतका क्याक्पसहरू, नन्दा देवि बहुमुखी क्याम्पस काेटवाडा र जनचेतना बहुमुखि क्याक्पसमा निर्वाचन हुदै छ । क्याम्पसहरूमा हुने निर्वाचनका लागी सबै तयारी पुरा भईसकेको क्याम्पस प्रशासनले बताएका छन ।चैत ५ मा हुन गई रहेकाे स्ववियु निर्वाचन मा समाजवादी मोर्चा निकट अखिल (क्रान्तिकारी ) अखिल ( समाजवादी ) र अनेरास्ववियृ (एकिकृत समाजवादि ) को सयुक्त्त प्यानल छ भने सत्तारूडदल कांग्रेस निकट नेबिसंघ र एमाले निकट अनेरास्वबियुको सयुक्त प्यानल खडा भएका छन ।
देशको दुइवटा ठुला राजनितिक दलहरूका दुइ ठुला बिद्यार्थि संगठनलाइ चुनौति दिदै माओवादी रिमोढ क्षेत्रका देशभर २१ बढी क्याम्पसहरूमा यस अघिनै सभापति निर्बिरोध निर्वाचित भई सकेका छन कालिकोटमा पनि सत्तारूढदल समर्थित बिद्यार्थिसंगठनलाइ कडा चुनौति दिदै अखिल क्रान्तिकारी क्याम्पस केन्द्रित भएको छ । नन्दा देबि बहुमुखी क्याम्पसमा स्वबियु निर्वाचनमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानलका सभापति यशोदा शाहीले घोषणा पत्र जारी गरेकी छन । उनले ईतिहासमा महिला नेतृत्व ईमान्दार र सक्षम हुने चुनौति दिदै आफुले स्ववियु सभापतीमा उमेद्वार दियेको बताईन ।
उनले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै भनेकी छन । ब्यवसायीक प्राबिधिक शिक्षा जरूरी रहेको छ । शिक्षामा गुणस्तर कायम गर्न उनले जारी गरेको घोषणा पत्र यस्तो छ ।
१.सीप बिकास तथा समाज सुदारका लागि एक विस्तृत योजना तयार गरि काम गर्नेछु।
२.शैक्षिक र राजनीतिक मुद्दामा सक्रियता ।
३. शैक्षिक सुधारको अभियान: विद्यार्थीहरूको अधिकार, गुणस्तरीय शिक्षा, छात्रवृत्ति, र रोजगारीको लागि आन्दोलन र पहल गर्नुपर्छ।
४.स्वास्थ्य शिक्षा मा सुधार।
५. जनचेतना कार्यक्रम: शिक्षा र सुचनामुलक कार्यक्रम सन्चालन ।
६. सामाजिक सुसासनको अभियान क्यामपसबाट चलाउन पर्छ । जस्तै : भष्टचार निवारण कार्यक्रम सामाजमा रहेका सबै खाले बिकूर्ती बिसंगतिका बिरुद्ध को अभियान सन्चालन ।
७ संचार र प्रविधि ।
८ . डिजिटल प्लेटफर्मको विकास: वेबसाइट, मोबाइल एप, र सामाजिक सञ्जालको माध्यमबाट पनि सिक्षा र सीप बिकास लाई प्रभावकारी बनाउन आवसेक छ।
९.बिद्यार्थी र महिला सहभागिता वृद्धि: समाजका सबै क्षेत्रमा न्यून बर्ग का मान्छे र महिला नेतृहरूको बिकास र सहभागिता बढाउन विशेष कार्यक्रमहरू आयोजना गने ।
१० .विविधता समावेशीकरण: जातीय, धार्मिक, र सांस्कृतिक विविधतालाई संगठन भित्र स्वागत गर्दै सबैको सहभागिता सहितको सामुहिक उर्जाको सुनिश्चित गने ।
११. अन्तर संवाद: विद्यार्थीहरू र शिक्षण संस्था बिच मा सहकार्य गर्दै शैक्षिक र समाजिक सुधारका बिषय मा छलफल गरि कार्यक्रम बनाउन संचालक समिति शिक्षक अभिभावक र समुदायको समेन्त्र बनाई कार्यक्रमहरू आयोजना गने ।
१२. कार्यतालीका नियमित प्रगतिको प्रतिवेधन तयार गर्ने र सुधारका लागि सुझावहरू समेत लिईनेछ अभिभावक तथा समुदायबाट।
१३.मुल्यांकन : कार्ययोजनाको सफल प्रभावकारिता, उपलब्धि, बिद्यार्थी काे भुमिका र सुधार्नु पर्ने पक्षेहरु।
१. भविष्यको योजना।
२.दीर्घकालीन रणनीति: क्याम्पस र बिद्यार्थी बिचको शिक्षा सिपलाई दिगो र प्रभावकारी बनाउन दीर्घकालीन रणनीति बनाइनेछ जसमा विद्यार्थीहरूको भविष्य, शिक्षा नीति सुधार, र रोजगार नीति समावेश हुनेछ।
यस योजनाको कार्यान्वयन गर्दा विद्यार्थीको शिक्षा र क्याम्पस लाई सुदृढ, प्रभावकारी र दीर्घकालीन रूपमा स्थापित गर्न सकिन्छ।
१४.विषयगत प्राध्यापक तथा कर्मचारी व्यवस्थापन। १५.क्याम्पस संञ्चालन कार्यविधि निर्माण आर्थिक र कमचारी र प्रसासन नियमावली बनाउनु पड्नै ।
१६. विषयगत प्राध्यापक तथा कर्मचारी व्यवस्थापन।
१७.क्याम्पस संञ्चालन कार्यविधि निर्माण आर्थिक र कर्मचारी र प्रसासन नियमावली बनाउनु पड्ने ।
१८.शैक्षिक कार्य तालिकाकाे निर्माण ।
१९. आलेप र सालेप गराई बाह्य लेखा परिक्षण गराउने ।
२०. संकाय एवम विषय थप सम्बन्धि प्रतिबेदन काे निर्माण गरि आवेदन पेस गर्ने ।
२१. परीक्षा केन्द्र का लागि पहल ।