रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

डुङ्गा पल्टिदा कर्णालि नदिमा एक जना बेपत्ता

कर्णाली करिडोरको थिर्पु पलाता घाटाचौर थिर्पु खण्डमा काम गर्दै गरेका रङगनाथ सेजुवाल कर्णाली नदीमा खसेर बेपत्ता भएका छन्। घटनामा पछि उनको सुरक्षाकर्मि र स्थानियले र खोजी कार्य जारी राखेका छन ।
स्थानीय स्रोतका अनुसार, मुगु घर भएका रङगनाथ सेजुवाल कर्णालि करिडोरमा नेपाली सेनाको निर्माण कार्यदलबाट काम लिएर  मजदुरी गरिरहेका थिय । ड्रमको डुंगाबाट नदी वारपार गर्ने क्रममा डुङ्गा पल्टेर कर्णाली नदीमा खसेका छन्। घटनाको जानकारी पाएपछि प्रहरी र स्थानियको उद्धार टोली घटनास्थलमा पुगेर खोजी कार्यमा सक्रिय छन्।
उनको अहिले खोजीकार्य जारी रहेको हाम्रा सहकर्मी चरित्र भण्डारीले बताए ।
अस्थायी खालको ड्रममार्फत निर्मित डुङ्गामा चार जना तर्न खोज्दा नदीका खसेका अन्य चिन जना भने सकुशल रहेको र १ जना बेपत्ता भएको कालिकोट जिप्रकाका निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षक किसोर केसिले रेडियो प्रदेश आवाजलाई जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !