रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

२० गतेको कहालि लाग्दो हवाईयात्रा ,मुट्टुले ठाउ छोड्यो , अफलाईनमै पारीवारिक म्यासेज , पेलन ल्याण्ड हुन सकेन हामि काठमाडौं फर्कियौ

आज २० गते म हप्ता दिनको काठमाण्डौं बसाइ सकेर दिउसो ३ बजेको श्री एयरलाइन्स मार्फत कर्मथलो फर्किदै थिए , मेरो यात्राको सम्याेजन गरिदिने जिवन साथी मिना कार्कीलाई मैले अफलाइनमै म्यासेज छोडे , त्यो अवस्था आइप्रयो मलाई मृत्यु र जन्मको संयोग राम्ररी बुझेका हामी जब दुई घण्टाको आकासमा सम्पर्क बिहिन हुन पुगियो । जीवनका हरेक क्षणमा सम्झिने एक मान्छे रहेछ जिवन साथी। उनलाई अफलाइन मै भए पनि म्यासेज छोड्ने निर्णय लिए । म पेलेनमै छु अवको १० मिनेटमा अवतरण हुन्छु आकासमै छु भनेर म्यासेज गरेको १ मिनेटमा , बिमान सुर्खेत ल्याण्ड गर्न सकेन हामी पुन काठमाण्डौं फर्कियौ भनेर म्यासेज छोडे अनि लामो शास फेरे । म माओवादी निकट प्रेसकर्मीहरूको संगठन प्रेस सेन्टरको पाचौं महाधिवेशन सकेर फर्किन लागेकाे हुनाले हामी प्रायजसो सिटमा प्रेसकर्मीहरू नै थियौं। जब हामी यात्राको सुरूवात गर्न त्रिभुवन बिमानस्थलमा जान्छौं, त्यहाँ श्री एअरलाइन्सको काउन्टरमा लफडा मच्चिरहेको थियो । पेसाले पत्रकार हुनुका नाताले खिचेर बसिरहे तिनी थिए बिराटनगर जाने र नेपालगञ्ज जाने यात्रुहरू। बिमानस्थल कर्मचारीहरूसंग लामै समय आफ्ना बिलौना गरिरहेका थिए। जसका कारण हाम्रो उडान पनि ३ बजे भनेको ५. १० मा उड्यो ।तर सहर्ष स्वीकार गर्दै हामी सुर्खेत झर्ने सोच बनायौं । श्री एयरलाइन्सको SHA 123 नम्बरको फ्लाइटले हामीलाई काठमाडौंबाट सुर्खेत पुर्‍याउने गरि ४५ मिनेटको यात्रामा सुर्खेत पुग्ने सुनायो तर दुई घण्टा आकासमै जहाज उड्न थाले पछि मान्छे न हो मुटु काप्यो ।त्यहाँ रहेका एयरहोस्टेससंग पानी मागेर पिउन थालियो । जब सुर्खेतको आकाशमा पुगेका थियौं। कसरी ,कसरी फरक फरक तरिकाले एयरपोर्ट पुगेका दुइजना कालिकोटकै पत्रकार देबिराम देवकोटा दाइ र म संगसंगै एउटै सिटमा परियो । त्रिभुवन बिमान स्थलमा कर्मचारी रहेका मेरो गाउँका दाजु बिर्ख फडेरासंग भेट भयो , माओवादी केन्द्र कर्णाली प्रदेशका ईन्चार्ज टेक बहादुर बस्नेतसंग भेट भयो हामी संगसंगै रनवयमा छिर्यौ । १ साइडको १९ Aर D मा दाइ देबिराम देबकोटा र मेरो सिट परे छ । तर हामी दुइलाई२४ हजार फिट उचाइबाट जमिन हेर्ने रहरले म एयरहोस्टेजसंग अनुमति मागेर देबिराम दाइलाई सोही सिटमा छोडेर म बायाँ साइडको झ्यालमा सरे । जब सुर्खेत बिमानस्थलमा अवतरण गर्ने बिमान परिचालिकाको आवाज आयो, “बिमानमा सामान्य खराबी देखिएको छ, क्याप्टेनले जोखिम लिन चाहनु भएन, त्यसैले हामी फेरी काठमाडौंतिर फर्कंदैछौं । तर यात्रुहरूले बुझिहाले अब हामी काठमाण्डौंमा पनि सकुशल जहाज अवतरण हुने निश्चित के छ र ? बिमान परिचालिकासंग सोध्छन यात्रुहरू एक-अर्कालाई हेर्न थाले कानेखुसी हुन थाल्यो । मेरो पनि अनेक प्रश्नहरू मनमा उब्जिन थाले । लामो श्वास फेरेर हरे नेपाली आकास भनेर मनमनै यस अघिका जहाज दुर्घटना सम्झदै मेरो युद्वभुमीको जीवन र त्यतिबेलाको मनोविज्ञाले मन थाम्दै रहे, तर जब काठमाण्डौं त्रिभुवन बिमानस्थलमा जहाज सकुशल अवतरण भयो म जहाजबाट झरे बाहिरको रेस्क्यु तयारी देखे अनि मैले मनमनै सोचे भाग्यमानी रहेछु बाचियो । अनि स्टाटस लेखे म सकुशल काठमाण्डौं फर्कीए ।धन्ययवाद पाइलट सौरव मिश्र ।
हामीहरू प्रेस सेन्टर नेपालका साथीहरू धेरै थियौ । दाइ देबिराम देबकोटा , दैलेखका लोकेन्द्र पौडेल, अमर सुनार र म ।अनि नेकपा (माओवादी केन्द्र) कर्णालीका सह-इन्चार्ज टेक बहादुर बस्नेतको । बिमान परिचालिकाको यात्रुलाई सान्त्वना दिइरहेको भए पनि उनिहरूको अनुहार पनि मलिन भइसकेको थियो । उनिहरूलाई यात्रुले के भएको हो भनेर सोध्न थाले पछि उनिहरूको उत्तर थियो सबै कुरा पाइलटले हामीलाई भन्न मिल्दैन तर सामान्य समस्या देखिएकाले पाइलट सौरभ मिश्रले काठमाण्डौं फर्किने निर्णय लिनु भयो उनिहरूको जवाफ थियो । हाम्रो मनमा आशंका थियो अब जहाज काठमाण्डौंमा सकुशल अवतरण हुन्छ या हुदैन ?
प्लेनमा ५९ जना यात्रु, २ जना क्याप्टेन र २ जना एयर होस्टेस सहित ६३ जना थियौं। जब विमान अवतरणका लागी लेण्डफिटमा गइसकेर टाएर निस्कियो मोवाइलमा टावर पनि आयो मैले म्यासेज गरे अब १० मिनेट लाग्छ बुढी म सुर्खेत झर्दै छु बाबु र आमा कालिकोटबाट सुर्खेत बाङ्गेसिमल पुगे रे गाडिलाई घरमै छोडिदिनु भन भनेर फोन गरे पुन आमाकै फोन आयो उहाँसंगै रहेकी अपरिचित अर्को महिलासंग कुरा गरेर भने बाेलेरो घरमै लिएर छोडि दिनु । तर त्यति भनेको केही सेकेण्डमा जहाजले टायर फेरी लुकायो र उचाई कायम गर्यो अनि पुन अर्को घण्टा समय सम्पर्क नभए पछि मेरो पारिवारमा तनाव कति भयो होला है ? त्यस पछि यात्रुहरू सोध्न थाले यात्रुहरू बिमान परिचालिकालाई किन ल्याण्ड भएन बिमान ? त्यस पछि जवाफ नदिदै बिमान काठमाण्डौंतिर मोडियो । यात्रा अन्योलता र अनिश्चित जस्तो बनिसकेको थियो त्यस कारण मैले अरू कुनै शब्द लेख्दा अन्यथा जाने भएकाले मैले श्रीमतीलाई म्यासेज छोडे अफलाइन मै म सुर्खेत बिमान अवतरण गर्न नसकेकाले काठमाण्डौं फर्किदै छु । त्यति भनेत बुझ्लान भनेर । तर पनि मन उत्तिकै चिसो बन्दै थियो। बिमानले टायर छोड्दा कुइँअ आवाज सुनिएको थियो । हामीले एयरहोस्टेजसँग कुरा सोध्यौ खासमा खोलेर कुरा गर्न मानिन् । उनीहरूको संयमता र धैर्यता निक्कै थियो तर निक्कै सतर्कता अपनाइरहेको देखिन्थ्यो ।
आजै सानो परिवारमा रहेका हामी श्रीमती माइतिघर धनगढी , एउटा छोरो र बुढी आमा सुर्खेत झर्दै बाटोमा अर्को छोरा कक्षा ९ को वार्षिक परीक्षा दिदै होस्टेलमै थिए तर मनमा अनेकन सोच जन्मिन थाले ।नेपालीआकाशको यात्रा सुरक्षित छैन, न त सडकहरू नै सुरक्षित छन्। यात्रुहरू भावना साट्दै थिए। जब विमान सुरक्षित रूपमा काठमाण्डौं अवतरण गर्यो, यात्रुको अनुहारमा खुशीको सीमा रहेन। पुर्नर जन्मकाे महसुस भयाे ।धन्यवाद पाइलट साैरभ मिश्र तिम्रो निर्णय र हाम्रो भाग्यको संयोगले सबैको जिवन रक्षा भयो ।
रत्न कार्की अध्यक्ष रेडियो प्रदेश आवाज कालिकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !