रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

मलाई कुनै व्यक्तिले कमिसन वापत दिएको नगद, चेक, कुराकानी गरेको अडियो, भिडियो वा अन्य कुनै प्रमाण भए सार्वजनिक गर्न रास्कोटका मेयर शाहीको चुनौति

मिति २०८२/०१/१६ गते एउटा अनलाइन मिडिया र सामाजिक सन्जालमा आफु र आफ्नो नेतृत्वको बदनाम गर्ने गरि कमिशन उठाएको र निर्वाचनमा खर्च गरेको भनि आएको समाचार प्रति आफ्नो गम्भिर ध्यान केन्द्रीत भएको रास्कोट नगर प्रमुख धर्मराज शाहीले आफ्नो आधिकारीक फेसबुकपेज मार्फत बताएका छन । माथिल्लो नेतृत्व को नाम जोडेर प्रचारित समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन । गत स्थानीय निर्वाचनमा आर्थिक लगानी गरेर निर्वाचित भएको, सामुदायिक विद्यालयबाट कमिशन संकलन गरेको भन्ने जस्ता निराधार, कपोकल्पित र भ्रामक समाचारप्रति घोर आपत्ति तथा खेद प्रकट गर्दछु मेयर शाहीले भनेका छन ।
रास्कोट नगर सरकारले गरेका लोकप्रिय, जनमुखी र ऐतिहासिक कामहरूबाट अत्तालिएका केहि व्यक्तिहरु नियोजित रुपमा रास्कोट सरकार र यसको नेतृत्व विरुद्धमा लाग्नु कुनै नौलो र अनौठो बिषय नभएकोउनको भनाई छ ।
मलाई कुनै व्यक्तिले कमिसन वापत दिएको नगद, चेक, कुराकानी गरेको अडियो, भिडियो वा अन्य कुनै प्रमाण भए सार्वजनिक गर्न चुनौती दिन चाहन्छु मेयर शाहीले भनेका छन । मैले गल्ती गरेको भएमा कानून बमोजिम सजायको भागिदार हुन तयार रहेको जानकारी गराउँदै आफुमाथि छानबिन गर्न गराउन आग्रह गर्दछु अन्यथा केहि कुरा अस्वभाविक रुपमा माग गर्ने र सो कुरा दिन नसकिने, नमिल्ने भएपछि व्यक्तिगत तहमा चरीत्र हत्या गर्न काल्पनिक कथा रचना गर्ने कुराले सिंगो पत्रकारिता पेशाको बदनाम हुने गरेको छ उनको दावि छ । आग्रह पुर्वाग्रह राखेर, बार्गेनिङ गरेर लेखिएको समाचारको विरुद्धमा कानूनी उपचार समेत खोजिने शाहीले बताएका छन । उनले आफुले कानुनि उपचार पाउन कानुनि सरसल्ला लिईरहेको मेयर शाहीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !