रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

पत्रकार कृष्ण सेन ‘इच्छुक’को आज २३ औं स्मृति दिवसमा कालिकोट प्रेस सेन्टरद्वारा ओैपचारीक कार्यक्रम

    आज पत्रकार कृष्ण सेन ‘इच्छुक’को आज २३ औं स्मृति दिवस कालिकोटमा पनि मनाईएको छ । भूमिगत अवस्थामा रहेको तत्कालीन नेकपा माओवादीमा आस्थावान पत्रकार तथा साहित्यकार कृष्ण सेन ईच्छुकको सम्झनामा माओवादी पार्टी कार्यालय सहिद स्मृति भवन मान्ममा एक ओैपचारीक कार्यक्रम गरि दिवस मनाईएको छ । गणतन्त्र संविधानसभाका पक्षमा आवाज उठाएवापत हिरासतमै मारिएका ईच्छुकको २०५९ साल जेठ ६ गते प्रहरीले पक्राउ गरी महेन्द्र प्रहरी क्लब र सैन्य हिरासतहरुमा कठोर यातना दिइ जेठ १३ गते हिरासतभित्रै उनको हत्या भएको थियो ।
कालिकोट प्रेस सेन्टरका अध्यक्ष बिरेन्द्र आचार्यको अध्यक्ष यतामा भएको कार्यक्रममा पत्रकारहरूले संघिघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा पनि सेनको हत्याराहरुमाथि कारबाही र उनको पक्षमा कुनै नया पहल हुन नसकेको बताएका छन । बहुप्रतिभाशाली कृष्णसेन कवि, लेखक र युद्धमोर्चाका पत्रकार, राजनीतिक विचारक तथा सशक्त मानवअधिकार कर्मी थिए ।
माओवादी सशस्त्र विद्रोहका बेला नेकपा माओवादीको मुखपत्र जनादेशका सम्पादक रहेका कृष्णसेन इच्छुकको जन्म पिता यामबहादुर सेन र आमा भिमकुमारी सेनको कोखबाट २०१३ साल कात्तिक ३ गतेका भारतको देहरादुनमा भएको थियो ।
पुख्र्यौली घर प्यूठान जिल्लाको साराङकोटमा भएपनि उनका परिवार त्यहाँबाट अर्घाखाँचीको जलुके बसाइँ सरेका थिए । ६ वर्षसम्मको बाल्यकाल भारतका विभिन्न ठाउँमा बिताएका सेनका बुवा भारतीय सेनाका जागिरे थिए ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सदस्य रत्न कार्कीले पत्रकार तथा साहित्यकार कृष्णसेन ईच्छुकको जिवनि पढेर सुनाउनु भयो । उहाले युद्वमा तत्कालिन माओवादीलाइ सहयोग गरेको आरोपमा मारीएका सहिद ईच्छुक आज पनि बैचारीक दृष्टीले जिबित रहेको बताउनु भयो ।
कक्षा १ देखि ८ सम्म दाङको देउखुरीमा रहेको आदर्श माविमा पढेका इच्छुकले कक्षा ९ र १० जिल्लाकै लालमटियास्थित सरस्वती हाइस्कुलमा पढेका थिए । २०३२ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरेपछि उहाले साल्ट ट्रेडिङ्गको कार्यालयमा काम गर्न थालेका थियो ।
काम गर्दागर्दै उनले स्वाध्ययन गरे र भारतबाट प्राइभेट परीक्षा दिएर आईए उत्तीर्ण गर्नु भयो । त्यसपछि उहाले त्रिभुवन विश्वविद्यालयबाट बी एड परीक्षा उत्तीर्ण गर्नु भयो ।
कार्यक्रममा सहभागि पत्रकारले कृष्णसेन ईच्छुकको फोटोमा माल्याणपर्ण गर्दै श्रदान्जलि अर्पण गरेका थिए ।
कार्यक्रममा कृष्णसेन ईच्छुकको जिवनको स्मरण गर्दै कार्यक्रमका प्रमुुख अतिथि पत्रकार ममासंघका केन्द्रिय सदस्य तुलाराम पाण्डेले उहाको परिवारले अहिले पनि सास र लास नपाएको भन्दै राज्य जिम्मेवार हुन नसकेको बताउनु भयो । उहाको सम्जना गर्न लाएक र प्रेरणा दायीक जिवन भएको बताउनु भयो ।
कार्यक्रममा पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट, खाडाचक्र वडा नं १ का अध्यक्ष धर्मराज ताम्राकार र माओवादी केन्द्रका खाडाचक्र नगरकमिटी अध्यक्ष मिम बहादुर कार्की र हिमचुलि कृषि सहकारी संस्थाका मुख्य ब्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले सहिद कृष्ण सेन ईच्छुक र समग्रका नेपालि पत्रकारीता क्षेत्रको चर्चा परिचर्चा गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !