२०८२/असार १२ कालिकोट खुलालु हुँदै हिल्सा जोड्ने कर्णाली करिडोरको रास्कोट नगरपालिका र पचालझरना बीचमा पर्ने फुगाड खोलाको पुल २०७६ सालमा बाढीले बगायो । अव बर्षात लागि सकेको छ , तर हाल सम्म पनि पुल पुन निर्माण हुन सकेको छैन् ।ठेक्का सम्झौता भएको अवधिले असोजमा म्याद पनि सकिदै छ । त्यस ठाँउमा दैनिक साना ठूला दर्जनौं सवारी साधन ओहोरदोहोर गर्छन् । कर्णाली करिडोर निर्माणको जिम्मा पाएको नेपाल आर्मीले २०७५ सालमा निर्माण गरेको फुकुगाड खोलाको बेलिब्रिज पुल र पुरानो झोपु २०७६ सालको असारमा आएको बाढीले बगाए पछि हाल सम्म बैकल्पिक उपाय सरकारले दिन सकेको छैन् । बर्षातमा नागरिक जोखिमयुक्त यात्रा गर्न बाध्य भएका छन् । अहिलेसम्म बाढीले बगाएको पुल पुननिर्माण नहुँदा करिडोरमा आवतजावत गर्नेले समस्या झेल्नु परिरहेको छ । वर्षातमा स्काभेटरको बकेटमा राखेर मानिसलाई खोला वारपार गराउनु पर्ने बाध्यता छ ।
खुलालु सलीसल्ला कर्णाली करिडोर दक्षिण खण्ड १२३ किलो मिटर दुरी रहेको छ । सो बाटोमा करीपन ९ वटा ठुला नदी खोलाका पक्कीपुलहरुको उहिलेइ ठेक्का भएको जानकारी हिल्सा सिमिकोट सडक आयोजनाले जनाएको छ । भन्दा अच्चम्म लाग्न सक्छ सम्झौता भएको मितिले २०८२ असोज ३० गते म्याद सकिने भएको छ । तर हाल सम्म फुगाड खोलाको पुल निर्माण त के ? डिजाइन नै बिभागबाट स्वीकृत गराहउन नसकेको बुझिएको छ । डिजाइन स्वीकृत नसक्दा काम झन अन्यौल रहेको छ । हाल सम्म नौ वटा पुल मध्य बाजुराको जुड्डी र बड्डीगाडको बाहेक अन्यको डिजाइन स्वीकृत समेत हुन नसकेको आयोजना प्रमुख बेल नेपालीलले बताउनु भयो । निर्माण कार्यको लागि सम्झाैता भएको म्याद सकिन लाग्दा पुलको डिजाइन नै स्वीकृत नहुनु दुखत रहेको जानकारहरु बताउ छन्। पुलहरू खुलालुदेखि कवाडीसम्म नौ वटा रहेका छन् त्यस मध्य अन्य ठाउँमा निर्माण आर्मीले राखेको बेलिब्रीज यथावत रहेकाले त्यती समस्या छैन तर फुकुगाड खोलामा भेल बढ्नासाथ डोजरको बकेटमा मानिसहरु राखेर वारपार गर्ने बाहेक अन्य बिक्लप छैन । करिडोरलाई हाल दुईभागमा बिभाजन गरेर उत्तरी र दक्षिणी गरी दुई भागमा बिभाजन गरी हेर्ने गरिन्छ । पहिलो खुलालु देखि सल्लीसल्ला दक्षिण खण्ड हो। त्यहाँको १२२ किलोमिटर सडक कोल्टी सडक आयोजनाले हेरी रहेको छ ।
कर्णाली करिडोरको खुलालु , सान्नीगाड , फुकुगाड , बड्डीगाड जुड्डी , कवाडी गल्फागार्ड र सल्लीसल्ला लगाएत नौ वटा ठुला हेबी पुलहरुको कार्यसम्पन्न गर्न मिति २०७९ असार ३० गते सम्झौता भएको देखिन्छ । सम्बन्धित कन्ट्याक्टरले नै पुलको डिजाइन ,स्टमेट बनाइ सडक बिभाग पुल महासाखाबाट स्वीकृत गराइ पुल निर्माणको काम गर्नु पर्ने गरी सम्झौता भएको भए पनी दुइ वटा बाहेकको अन्य ठाउँको पुलको डिजाइन नै बिभागबाट स्वीकृत गराउन नसकेको देखिन्छ । पुलहरुको सल्लीसल्ला तलका खुलालु फुगाड र सान्नीगाडको पुल बिकोइ ईन्जिनियरिङ कन्ट्क्सन प्रालि र अन्य पुलको लुम्बिनी एण्ड स जेभिसंग सम्झौता भएको छ ।
कर्णाली कोरिडोरको कालिकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्म ९ वटा पक्की पुलको निर्माणकोल्टीमा रहेको कर्णाली करिडोर सडक आयोजनाको प्रमुखले त दैलेखबाट घर कोल्टी आउदा जादा आफैले फुकुगाड खोलामा दुख पाइसकियो तर के गर्ने नेपालको हालतै यस्तै छ भनेर दुखेसो पोखे ठेक्का भएको छ सम्भवत कार्य सम्पन्न हुने बेला भयो कामै सुरु भएको छैन । खुलालु सलीसल्ला सडक आयोजनाले निर्माण कम्पनीसँग सम्झौता गरे पनि यसको निर्माण कार्यका लागि सम्झौता गरेको आठदेखि दश महिनामा ती पुलहरूको निर्माण कार्य सम्पन्न भएको हो । कर्णाली कोरिडोरको कालिकोटको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्लासम्म साना तथा ठूला खोलामा सोह्रवटा अरु पक्की साना खहरे खोलामा पुल बने तर ठूला पक्की पुल निर्माण कार्य सम्पन्न हुने समयसम्म कामै नहुनु दुखत रहेको बताउनुभयो । उहाँले उक्त खण्डमा पुल निर्माण कार्यले बर्खा याममा कठिन हुने भएकाले अव वर्खामा पनि नागरीकले बिगतझै सास्थी पाउने बताउनु भयो ।
यी सबै पुल निर्माणका लागि कार्यालयले प्रत्यक वर्ष बजेट बिनियोजन गर्ने बजेट खर्च नभएर अन्यत्र जाने गरेको बताउनु भयो । उक्त खण्डमा पक्की पुलको निर्माण कार्य नभएसँगै अब बर्खा याममा बाढी पहिरो जाने र खोलामा पानीको बहाव बढेपछि सडक बन्द हुने देखिन्छ । बर्षात संगै यस क्षेत्रका नागरीक चिन्तित हुन थालेका छन्