रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पत्रकार संगठन साईवर संगठन हैनन: केन्द्रीय सदस्य कार्की

नेपालका राजनितिक दलहरूले पत्रकारीता जस्तो सञ्चार दुनियाको नेतृत्व गरिएको पत्रकारहरूको संगठनलाई साईवरकर्मीका का रूप उपयोग गरेर बदनाम गराएको बताउनु भयो । शोमबार एमाले निकट प्रेसकर्मीको संगठन प्रेस चौतारी नेपालको चौथो जिल्ला अधिवेसन उद्घघाटनमा सुभकामना दिन पुगेका माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरका केन्द्रीय सदस्य कार्कीले नेपालका राजनितिक दलहरूले पत्रकारीता क्षेत्रमा लागेका सञ्चारकर्मीहरूलाई राजनितिक संकट टार्ने हतियारका रूपमा उपयोग गर्ने र उधेश्य पूरा भए पछी सडकमा छाडेर उस प्रति धारेहात लगाउने गरेको टिप्पणी गर्नु भयो । कलमजिबिहरूको संगठनमा आबद्वलाई सधै जीवन भरी आफ्नो गुणगान गाईदेवस भन्ने सोच बोकर उसको राजनितिक ,सामाजिक र सास्कृतिक जनजिबिका सवालमा सहयोग गर्नु भन्दा सौतेनि ब्यवहार गर्ने गरेको भन्दै यसमा एमालले प्रेस चौचारीलाई पार्टीको अभिन्न अंगका रूपमा लिनु पर्ने सुझाव दिनु भयो । राजनितिक नेतृच्व बिकासमा पत्रकारहरूको भुमिका शुनिश्चित गर्न र सत्ता र पदप्रतिष्ठामा पुगे प्रेसकर्मीको भुमिका लगानि र तपस्याको ख्याल नगर्ने परिपार्टीबाट नेकपा एमाले सचेत रहनु पर्ने बताउनु भयो ।
सञ्चारउद्घमि , रेडियो प्रदेश आवाजका अध्यक्ष समेत रहेका कार्कीले नेपाली सञ्चार क्षेत्रले निष्ठा प्रतिष्ठा र ब्यवसायीक्ताको संरक्षण आजको अाबश्यक्ता भएको बचाउनु भयो । सुभकामना दिदै कार्किले निस्पक्ष भन्ने त रहदै रहेन तर सत्यकलमजिबिहरूको पहिलो जिउने आधार भएकाले पछिल्लो समय प्रेस जगत गलत ढंगले प्रयो हुने गरेको बताउनु भयो । सदरमुकाममा आयोजित प्रेस चौतारी अधिवेसन उद्घघाटनमा बोल्दै कार्किले राजनितिक ईमान्दारी पुर्वक गर्नु पर्नेभन्दै राजनितिमा सबैले सहमति सहकार्य र सन्तुलनबाट अगाडि बढ्नु पर्ने बताउनु भयो । प्रेस चौतारीका अध्यक्ष भरतराज बसष्टको अध्यक्षयतामा र एमाले केन्द्रीय सदस्य नगेन्द्र शाही नेष्नल शाही जिल्ला अध्यक्ष जसि प्रसाद पाण्डे, उपाध्यक्ष दयाराम सिम्खाडा र प्रेस चौतारीका केन्द्रीय सदस्य काली ब मल्ल लगाएत नेताहरूको सहभािगतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !